अमेरिकाले अपहरणको शैलीमा आफ्नो पक्षमा समर्थन जुटाउन खोजेको चीनको आरोप | Khabarhub Khabarhub

अमेरिकाले अपहरणको शैलीमा आफ्नो पक्षमा समर्थन जुटाउन खोजेको चीनको आरोप


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले अमेरिकामाथि अपहरणको शैलीमा एशिया–प्रशान्त क्षेत्रका देशहरूबाट आफ्नो पक्षमा समर्थन जुटाउन खोजेको आरोप लागएको छ ।

चीनका रक्षामन्त्रीले बहुपक्षवादका नाममा वासिङटनले आफ्नो स्वार्थलाई अघि बढाउन तथा उनीहरूलाई चीनविरुद्ध भडकाउन खाजेको आरोप लगाएका हुन् ।

साङ्ग्रिला डायलगको एक दिनअघि रक्षामन्त्री जनरल वेइ फेङ्गेले अमेरिकी रक्षामन्त्री लोयड अस्टिनको ‘चीनले ताइवानको स्वशासित टापुमा आफ्नो दाबी गर्नका साथै सैन्य गतिविधि बढाएर अस्थिरता निम्त्याएको’ भन्ने अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई अपमानजक आरोपको संज्ञा दिँएका छन् ।

रक्षामन्त्री अस्टिनले इण्डो–प्यासेफिक क्षेत्रका राष्ट्रहरूसँग बहुपक्षीय साझेदारीमा जोड दिएको र जवाफमा यसलाई उनका चिनियाँ समकक्षीले चीनलाई एक्ल्याउने प्रयत्नको संज्ञा दिएका थिए । बहुपक्षीयताका आडमा अमेरिकाले धम्की दिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ११ : ५५ बजे

मोटरसाइकलमा भन्सार छलेको कपडासहित एक जना पक्राउ

रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छलीको

आन्दोलनरत चिकित्सकले भने-सहमतिपछि पनि काम गर्ने वातावरण बनेन

काठमाडौं – सहमतिपछि पनि काम गर्ने वातावरण नबनेको भन्दै आन्दोलनरत

वामपन्थी नेता प्रदीप नेपालको निधन 

काठमाडौं– वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ ।  लामो

यूएसएड र एमसीसी परियोजना बन्द हुँदा महिलाहरू प्रभावित : मिनेन्द्र रिजाल

काठमाडौं– पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले यूएसएड र एमसीसीलगायतका परियोजना

इजरायललाई संयमता अपनाउन युरोपेली सङ्घको आह्वान

एजेनसी– इजरायलले गाजामा योजनाबद्ध सैन्य आक्रमणको घोषणा गरेपछि युरोपेली सङ्घ