एमाले सचिवालय बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा « Khabarhub

एमाले सचिवालय बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ । च्यासलस्थित पार्टी मुख्यालयमा जारी सचिवालय बैठकमा एक महिनाअघि सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा भएको छ ।

बैठकमा प्रस्तुत गरिएको प्रतिवेदनमा स्थानीय तह निर्वाचनमा सरकार तथा सत्तारुढ दल र तिनका नेताबाट राज्य शक्तिको दुरुपयोग गरिएको उल्लेख गरिएको छ ।

पार्टीको निर्वाचन कमिटीले प्रस्तुत गरेको प्रतिवेदनमा स्थानीय तह निर्वाचनमा सरकार र सत्तारुढ दलबाट भएको राज्य शक्तिको दुरुपयोग र आफ्नै नेताहरुको अन्तर्घातका कारण अपेक्षित परिणाम आउन नसकेको उल्लेख छ ।

उक्त बैठकमा आउँदो २ र २ असारमा जनप्रतिनिधिलाई प्रशिक्षण दिन भनिएको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको उपस्थिति छ । अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षहरू रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याल, योगेश भट्टराई उपमहासचिवहरू प्रदीप ज्ञवाली, विष्णु रिमाल, लेखराज भट्ट, टोपबहादुर रायमाझी विष्णु पौडेललगायतको उपस्थिति छ ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ३ : ५४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।