नेपालको अवस्था युक्रेनभन्दा संवेदनशील छ : एमाले उपमहासचिव ज्ञवाली « Khabarhub

नेपालको अवस्था युक्रेनभन्दा संवेदनशील छ : एमाले उपमहासचिव ज्ञवाली


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अहिले नेपाल युक्रेनभन्दा संवेदशिल अवस्थामा रहेको टिप्पणी गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आज बोल्दै उनले संयम भएर परराष्ट्र नीतिको अभ्यास गर्न उनले सरकारलाई सचेत गराएका छन् ।

‘आज युक्रेनमा जे देखिएको छ । त्यसतर्फ हामीले पनि ख्यल्ल गर्नुपर्ने हुन्छ,’ उपमहासचिव ज्ञवालीले भने । वर्तमान सरकारले चीनसँग गरेको व्यवहार ठिक नभएको समेत उनले बताए ।

‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अनुदानमा पाए लिने नत्र नलिने । सित्तैमा पाए अलकत्रा खाने हो । चीनसँग वर्तमान सरकारको नीति ठिक भएन,’ उपमहासचिव ज्ञवालीले भने, ‘ऋण लिने वा अनुदान भन्ने मेरिट बेसमा हुनुपर्छ । हामीले कुनै सहायता सित्तैमा पाए पनि लिनु हुँदैन । तर, आवश्यकता पर्‍यो भने ऋण पनि लिने हाम्रो नीति हो ।’

केही दिनअघि तिब्बत मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्रीको नेपाल भ्रमणप्रति उनले आपत्ति जनाए । उनले भने, ‘छिमेकलाई र उसको चासोलाई बेवास्ता गरेर हामी जे गर्दै छौं त्यसले हामीलाई अप्ठेरोमा पार्छ ।’

समग्रमा वर्तमान सरकारको छिमेक सम्बन्ध ठीक नभएको उनले बताए । वर्तमान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सुरुमै बिदेशीका लागि कन्फरटेवल सरकार भनेर परराष्ट्र नितिबारे गलत अभ्यास सुरु गरेको आरोप उनले लगाए ।

‘सीमाबारे हामीले कालापानीलाई संविधान नै समेटेर नक्सामा राख्यौं । त्यो भुभाग लिनेतिर ध्यान दिएनौं । बरु समस्या नै नभएको चीनबारे सिमा मिचिएको भनी अध्ययन गर्यौं । के आयो रिजल्ट ?,’ उपमहासचिव ज्ञवालीले प्रश्न गरे ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ५ : ३१ बजे

‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित

विराटनगर – कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था

सुदूरपश्चिमबाट एसइई परीक्षामा ५४ हजार परीक्षार्थी सहभागी हुँदै

कञ्चनपुर – बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सुदूरपश्चिमबाट

इरानको मिसाइल आक्रमणबाट कतारको ट्याङ्करमा क्षति

दोहा – कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनीको एक ट्याङ्करमा

नसर्ने रोग पहिचान गर्न लालझाडीमा एकमहिने अभियान

कञ्चनपुर – लालझाडी गाउँपालिकाले नसर्ने रोगको पहिचान तथा समयमै उपचारका

अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज 

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित