निर्वाचन जितेर देखाउन शहबाज शरिफलाई इमरान खानको चुनौती « Khabarhub

निर्वाचन जितेर देखाउन शहबाज शरिफलाई इमरान खानको चुनौती


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शहबाज शरिफलाई आगामी निर्वाचन जितेर देखाउन चुनौती दिएका छन् ।

अल्पमतमा परेपछि पुरा कार्यकाल जिम्मेवनरी सम्हाल्न नपाई प्रधानमन्त्री पद गुमाएका खानले वर्तमान प्रधानमन्त्री सरिफलाई चुनौती दिएका हुन् ।

पाकिस्तान तेहरिक ए इन्साफ (पिटीआइ) पार्टीका का अध्यक्ष समेत रहेका खानले आगामी निर्वाचनमा पनि आफ्नो पार्टीले नै बहुमत ल्याउने दाबी गरे । अहिले कायम सत्तारुढ गठबन्धनमा सहभागी दलहरुले आगामी निर्वाचन जित्नु असम्भव रहेको उनको भनाइ छ ।

आगामी निर्वाचनपछिको नतिजामा गठवन्धनका दलहरु र आफ्नो पार्टीका बीचमा ठूलो अन्तर हुने पनि पूर्व प्रधानमन्त्री खानले दाबी गरे ।

उनले वर्तमान सरकारको समेत चर्को आलोचना गर्दै आगामी निर्वाचनमा सरकारमा सहभागी सबै दललाई हराउन आम नागरिकलाई अनुरोध पनि गरे ।

सरकारका गलत क्रियाकलापबारे आफ्नो पार्टीले सर्वोच्च अदालतबाट कानुनी उपचार खोज्ने पनि उनले जानकारी दिए । आफूले कोरोना भाइरसको महामारी फैलिएको बेलामा पनि धेरै काम गरेको दाबी गर्दै उनले अहिलेको सरकारले भने जनताको पक्षमा केही काम गर्न नसकेको आरोप लगाए ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ६ : ०६ बजे

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण

चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

काठमाडौँ- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित

मेसीको चार गोलमा मियामीको ऐतिहासिक जित, मोन्ट्रियल ७-१ ले पराजित

काठमाडौँ – लियोनेल मेसीको उत्कृष्ट चार गोलको मद्दतले इन्टर मियामीले

भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन

भोजपुर– भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन भएका छन् ।

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

मुस्ताङ– उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको