खोटाङ जिसस प्रमुखमा गठबन्धनका राई विजयी « Khabarhub

खोटाङ जिसस प्रमुखमा गठबन्धनका राई विजयी


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राई जिल्ला समन्वय समिति खोटाङको प्रमुखमा निर्वाचित भएका छन् ।

जसपाका केन्द्रीय सदस्य राई जिल्ला समन्वय समितिको सोमबार सम्पन्न निर्वाचनबाट गठबन्धनकातर्फबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका हुन् ।

जिसस उपप्रमुखमा गठबन्धनकैतर्फबाट माओवादी केन्द्रका सुरेश तामाङ निर्वाचित भएका छन् । नवनिर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यलाई निवर्तमान प्रमुख बबी चाम्लिङले स्वागत गर्दै पदभार ग्रहण गराएका छन् । चुनावी भागवण्डाकै क्रममा गठबन्धनभित्र जिसस प्रमुख जसपालाई दिने सहमती भएको थियो ।

साकेला गाउँपालिका–२ रतन्छा निवासी प्रमुख राई २०६४ र २०७० सालको संविधानसभा सदस्यमा पनि उठेका थिए । उनी २०५४ सालमा एमालेबाट तत्कालिन गाबिस अध्यक्ष निर्वाचित भएका थिए ।

जिल्ला समन्वय समितिको खुला सदस्यमा गठबन्धनबाट कांग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तीहाङ राई, महिला सदस्यमा कांग्रेसका कला राई, माओवादी केन्द्रकी विष्णुमायाँ राई र नेकपा एकीकृत समाजवादीका दिलकुमारी राई तथा दलित सदस्यमा माओवादी केन्द्रकी चमेली बिश्वकर्मा विजयी भएका छन् ।

गत ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट जिल्लाका १० स्थानीय तहमध्ये गठबन्धनबाट १६ प्रमुख र उपप्रमुख तथा एमालेले ४ प्रमुख र उपप्रमुख जितेको थियो । एमालेले जिसस प्रमुखमा किशोरकुमार श्रेष्ठ र उपप्रमुखमा बिजय राईलाई उम्मेदवार उठाएको थियो । एमालेले सदस्यमा भने मनोनयन दर्ता गराएको थिएन ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  १० : १८ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले