खोटाङ जिसस प्रमुखमा गठबन्धनका राई विजयी « Khabarhub

खोटाङ जिसस प्रमुखमा गठबन्धनका राई विजयी


३० जेष्ठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राई जिल्ला समन्वय समिति खोटाङको प्रमुखमा निर्वाचित भएका छन् ।

जसपाका केन्द्रीय सदस्य राई जिल्ला समन्वय समितिको सोमबार सम्पन्न निर्वाचनबाट गठबन्धनकातर्फबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका हुन् ।

जिसस उपप्रमुखमा गठबन्धनकैतर्फबाट माओवादी केन्द्रका सुरेश तामाङ निर्वाचित भएका छन् । नवनिर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यलाई निवर्तमान प्रमुख बबी चाम्लिङले स्वागत गर्दै पदभार ग्रहण गराएका छन् । चुनावी भागवण्डाकै क्रममा गठबन्धनभित्र जिसस प्रमुख जसपालाई दिने सहमती भएको थियो ।

साकेला गाउँपालिका–२ रतन्छा निवासी प्रमुख राई २०६४ र २०७० सालको संविधानसभा सदस्यमा पनि उठेका थिए । उनी २०५४ सालमा एमालेबाट तत्कालिन गाबिस अध्यक्ष निर्वाचित भएका थिए ।

जिल्ला समन्वय समितिको खुला सदस्यमा गठबन्धनबाट कांग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तीहाङ राई, महिला सदस्यमा कांग्रेसका कला राई, माओवादी केन्द्रकी विष्णुमायाँ राई र नेकपा एकीकृत समाजवादीका दिलकुमारी राई तथा दलित सदस्यमा माओवादी केन्द्रकी चमेली बिश्वकर्मा विजयी भएका छन् ।

गत ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट जिल्लाका १० स्थानीय तहमध्ये गठबन्धनबाट १६ प्रमुख र उपप्रमुख तथा एमालेले ४ प्रमुख र उपप्रमुख जितेको थियो । एमालेले जिसस प्रमुखमा किशोरकुमार श्रेष्ठ र उपप्रमुखमा बिजय राईलाई उम्मेदवार उठाएको थियो । एमालेले सदस्यमा भने मनोनयन दर्ता गराएको थिएन ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १० : १८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको