सुझावका आधारमा साइबर सुरक्षा विधेयक तयार हुन्छ : सञ्चारमन्त्री कार्की | Khabarhub Khabarhub

सुझावका आधारमा साइबर सुरक्षा विधेयक तयार हुन्छ : सञ्चारमन्त्री कार्की


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरोकारवाला सङ्घ/संस्था र विज्ञहरूको सुझावका आधारमा ‘साइबर सुरक्षासम्बन्धी विधेयक’ लाई पूर्णता दिने बताएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा यहाँ आज आयोजित साइबर सुरक्षासम्बन्धी विधेयकको मस्यौदा उपर छलफलमा सरकार प्रवक्ता कार्कीले सरोकारवाला सङ्घ/संस्था र विज्ञहरूको सल्लाह र सुझावका आधारमा मात्रै विधेयकलाई व्यवस्थित र समयानुकूल बनाइने बताए ।

“अहिले बम, बारुद, बन्दुकद्वारा प्रभाव जमाउने होइन, साइबरमाथि आक्रमण गरेर प्रभाव जमाउने प्रविधिको विकास भइरहेको छ, त्यसैले हामीले हाम्रो प्रविधिलाई कसरी विकास गरेर लिएर जाने भन्ने बारेमा छलफल हुन जरुरी छ,” मन्त्री कार्कीले भने । उनले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको तीव्र गतिको विकासले संसारलाई सानो गाउँमा रुपान्तरण गरिसकेको बताए ।

साइबर सुरक्षा बिना देश सुरक्षित हुन नसक्ने बताउँदै उनले सूचना सञ्चार प्रविधिको विकाससँगै हुने विकृतिलाई रोक्न आवश्यक रहेको बताए ।

हाल नेपालमा मोबाइल सेवाको पहुँच सबै ग्रामीण क्षेत्रसम्म पुगिसकेको र मोबाइल ब्रोडब्याड इन्टरनेटको पहुँच ९५ प्रतिशतभन्दा पनि बढी नागरिकहरूसम्म पुगेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  १२ : ११ बजे

२२ अंकले घट्यो नेप्से, २०६ वटा कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२.५८ अंकले गिरावट आएको 

अठारौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ सुरु

पाटन– १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको

सरकारले सिंहदरबार र सर्वोच्चमा भएको तोडफोड र आगजनीको वास्ता गरेन : प्रभु साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नेपालमा

केपी ओलीको ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबारदेखि सुरू दशौँ केन्द्रीय