सुझावका आधारमा साइबर सुरक्षा विधेयक तयार हुन्छ : सञ्चारमन्त्री कार्की « Khabarhub

सुझावका आधारमा साइबर सुरक्षा विधेयक तयार हुन्छ : सञ्चारमन्त्री कार्की


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरोकारवाला सङ्घ/संस्था र विज्ञहरूको सुझावका आधारमा ‘साइबर सुरक्षासम्बन्धी विधेयक’ लाई पूर्णता दिने बताएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा यहाँ आज आयोजित साइबर सुरक्षासम्बन्धी विधेयकको मस्यौदा उपर छलफलमा सरकार प्रवक्ता कार्कीले सरोकारवाला सङ्घ/संस्था र विज्ञहरूको सल्लाह र सुझावका आधारमा मात्रै विधेयकलाई व्यवस्थित र समयानुकूल बनाइने बताए ।

“अहिले बम, बारुद, बन्दुकद्वारा प्रभाव जमाउने होइन, साइबरमाथि आक्रमण गरेर प्रभाव जमाउने प्रविधिको विकास भइरहेको छ, त्यसैले हामीले हाम्रो प्रविधिलाई कसरी विकास गरेर लिएर जाने भन्ने बारेमा छलफल हुन जरुरी छ,” मन्त्री कार्कीले भने । उनले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको तीव्र गतिको विकासले संसारलाई सानो गाउँमा रुपान्तरण गरिसकेको बताए ।

साइबर सुरक्षा बिना देश सुरक्षित हुन नसक्ने बताउँदै उनले सूचना सञ्चार प्रविधिको विकाससँगै हुने विकृतिलाई रोक्न आवश्यक रहेको बताए ।

हाल नेपालमा मोबाइल सेवाको पहुँच सबै ग्रामीण क्षेत्रसम्म पुगिसकेको र मोबाइल ब्रोडब्याड इन्टरनेटको पहुँच ९५ प्रतिशतभन्दा पनि बढी नागरिकहरूसम्म पुगेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  १२ : ११ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर