बच्चाको आँखामा लाग्ने ‘रेटिनोब्लास्टो’ रोग र उपचार | Khabarhub Khabarhub

बच्चाको आँखामा लाग्ने ‘रेटिनोब्लास्टो’ रोग र उपचार



बालबालिकामा आँखामा क्यान्सर तथा रेटिनो ब्लास्टोमा समस्या देखिएको छ। रेटिनोमा विभिन्न लेयर हुन्छन्। यसलाई दृष्टि पर्दा पनि भन्ने गरिन्छ। आँखाको क्यान्सर कमै हुने गरेको छ। तर, दृष्टि पर्दामा भने क्यान्सर हुने गरेको छ। यो बालबालिकामा हुने क्यान्सर हो। धेरै कमन छैन, यो कुनैकुनै बालकालिकामा हुने गर्दछ।

यो एउटा आँखामा हुन्छ। तर, कुनै केसमा भने दुई वटामा पनि हुन्छ। दुई वटा आँखामा भयो भने बालबालिकाको मृत्युसमेत हुन्छ। तर, समयमै पत्ता लगाएर उपचार गर्न सकियो भने आँखासहित क्यान्सरको सेल्ससहित निकालिन्छ। तर, अर्को आँखामा आउँदैन। बाँकी जीवन उसले एउटा आँखाबाट काम चलाउन सक्छ। यो एकदमै खतरनाक रोग हो। त्यसैले समयमै उपचार गर्नुपर्छ।

रेटिनो ब्लास्टोमा हुँदा देखिने लक्षण
यो सुरुवाती अवस्थामा नै हुने रोग हो। यस्तो रोग भएका बच्चामा आँखामा सेतो देखिन्छ। हुन त मोतिबिन्दु लाग्दा पनि सेता नै देखिन्छ। सेतो देखिने बित्तिकै अस्पताल लगिहाल्नु पर्छ। बिरालोको आँखा जति चम्किलो देखिन्छ, त्यस्तै हुने गर्छ। यस्तो अवस्थामा हेलचेक्राइँ गर्यो भने आँखाको रेटिनल सेल्सहरु बढ्दै अगाडि आउँछ।

कुनै पछाडि पनि जाने हुन्छ भने कुनै बेला अगाडि आउने गर्छ। पछाडि जादाँ आँखाको दाना ठूलो हुँदै अगाडि आउँछ। अगाडि आयो भने आँखा नै कन्जेटिक भन्छौ। काउलीफ्लावर जस्तै भएर नै अगाडि आउँछ। बच्चाको आँखामा सेतो र चम्किलो देखिना साथ उपचार गरिहाल्नुपर्छ। नत्र आँखाको ज्योति नै गुम्न सक्ने हुन्छ।

समस्या आउने कारण
रेटिनोब्लाष्टोमा समस्या जन्मजातै आउने समस्या हो। पाँच वर्षसम्मको बालबालिकामा यो समस्या देखिने गरेको छ। शिक्षित परिवारका सदस्यले यसको समयमै उपचार गर्छन।

तर, जसलाई यस बारेमा थाहा हुँदैन, दुर्गम ठाउँमा हुन्छन्। उनीहरुले यस्तै होला भनेर याद गर्दैनन्, त्यसैले दुर्गम ठाउँका मान्छेमा यो धेरै देखिने गर्छ।

दुवै आँखामा पनि हुनसक्छ
अन्तर्राष्ट्रिय अध्ययनका अनुसार विश्वमा १५ हजार बालबालकामध्ये एक जनामा यस किसिमको क्यान्सर देखिने गर्छ। नेपालमा वर्षमा ४०–५० जना बालबालिकामा रेटिनोब्लास्टोमा हुने अनुमान गरिएको छ।

रेटिनोब्लास्टोमा भएका करिब ३५ जना नयाँ बिरामीको उपचार गराउन आएकोमा १० जना बिरामीको दुवै आँखामा रेटिनोब्लास्टोमा भएको भेटिएको थियो।

उपचारको प्रक्रिया
यसको उपचार प्रक्रिया भने विभिन्न स्टेजमा हुन्छ। स्टेज १, स्टेज २, स्टेज ३ र स्टेज ४। पहिलो र दोस्रो स्टेजमै थाहा पाउन सकियो भने एब्नेसन थेरापी गरिन्छ।

यदि स्टेप ३ र ४ मा पुगियो भने इलुकिलेसन (आखाँको दानालाई अड्याई राख्न) मद्यत गर्ने मसल्सहरु सबैलाई काटेर निकाल्नुपर्छ, अरु उपचार भने हुँदैन।

सुरुवाती अवस्थादेखि अन्त्यसम्मको उपचार
सरुमा त हामीले एन्टि ट्रिटमेन्ट गर्छौ। रेडियो थेरापी गर्छौ। जुन जुन प्रविधि उपलब्ध छ त्यो गरिन्छ। सुरुको अवस्था पत्ता लगाउन परिवारलाई पनि गाह्रैपर्छ।। मृत्युदर उच्च हुने कारण पनि ढिलो थाहा पाउनु हो। थाहा हुँदाँसम्म रोग धेरै बढीसकेको हुन्छ।

समयमै उपचार नगरे बच्चाको ज्यान जान सक्ने सम्भावना हुन्छ। पहिलो स्टेजमा उपचार गरे पूर्ण रुपमा निको हुने सम्भावना हुन्छ। तर, पहिलो स्टेजमा थाहा पाउन नै गाह्रो हुन्छ। डाक्टरले जाचँ गर्ने औजारहरुले हेर्दा थाहा हुने कुरा मात्र हो।

उपचारको लागि लाग्ने समय
हाम्रो देश अविकसित देश पनि हो। धेरै विकट ठाउँ पनि छन्। सुलभ ठाउँमा भयो भने जुन अस्पतालमा पनि बालबालिकाको डाक्टर हुनु हुन्छ। उहाँहरुले पत्ता लगाउनु हुन्छ। कहाँ रिफर गर्नुपर्ने, के गर्ने सबै उहाँहरुले भन्नुहुन्छ।

धेरै दुगर्म ठाउँमा परिवारले बच्चालाई यस्तो रोग लाग्यो भनेर पत्तै लगाउन सक्दैनन्। बच्चाको आखाँ बाहिर आयो, काउलीफलावर जस्तो देखियो भने मात्रै के भयो भनेर आउँछन्। यति बेलासम्म ढिलो भइसकेको हुन्छ। समयमै उपचार गर्न सकियो भने सुधार ल्याउन सकिन्छ।

अरु क्यान्सरको उपचारमा त नेपाल सरकारले सहुलियत दिएको छ। तर, यो रोगको लागि भने छैन। यो रोगको उपचारका लागि त्यति धेरै खर्चिलो छैन। तर, समयमै उपचार गरे मात्र राम्रो रिजल्ट आउछँ।

उपचार गरेपछि ध्यान दिनुपर्ने कुरा
सबै भन्दा पहिले त सरसफाइमा ध्यान दिनुपर्छ। शल्यक्रिया गरेपछि आँखामा खाली ठाउँ हुन्छ, त्यहाँ इन्फेक्सन नहोस् भनेर राम्ररी सफा गर्नुपर्छ। हाम्रो आँखा र ब्रेन जोडिएको हुन्छ। शल्यक्रिया गरेको दुई तीन महिना सरसफाइमा बिशेष ध्यान दिनुपर्छ।

समस्या आउनै नदिन के गर्ने ?
बच्चालाई स्कुलमा भर्ना गर्न लानु भन्दा अघि भिजन टेस्ट गर्नुपर्छ। कसैलाई समस्या छ भने भिजन कम हुन्छ। भिजन कम हुदाँ कारण खोजिन्छ।

परिवारले बच्चाको आँखा टेढो छ कि छैन सेतो दागसँगै आँखा चम्किलो छ छैन त्यो हेर्नुपर्छ। बच्चाको आँखा एउटा आँखा भन्दा अघि आएको छ छैन थाहा भयो भने रोग पत्ता लगाउनुपर्छ।

(आँखा रोग विशेषज्ञ डाक्टर कमल खड्कासँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ८ : ०२ बजे

नेपालको ब्याटिङ संकटमा, १०० रन नबनाउँदै गुमायो ७ विकेट

काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध पहिले ब्याटिङ

करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला

बारा – बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको

कार्यकर्तालाई रविको आग्रह : सरकारले जे पनि गर्न सक्छ, अलर्ट रहनुहोला

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले सरकारले

क्यानडाविरुद्ध नेपालको खराब ब्याटिङ

काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध पहिले ब्याटिङ

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके विजयी

काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके विजयी