काठमाडौंमा एकैदिन २२ सयभन्दा बढी सवारी चालकमाथि कारवाही « Khabarhub

काठमाडौंमा एकैदिन २२ सयभन्दा बढी सवारी चालकमाथि कारवाही


३१ जेष्ठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २२० जना सवारी चालमाथि कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण सोमबार उपत्यकाका विभन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १६५ जना, मादक पदार्थ सेवन ९मापसे० गरेर सवारी साधन चलाउने १३३ जना, तिब्र गतीमा सवारी साधन चलाउने ६० जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १०९ जना, लेन उल्लंघन गर्ने ५३ जना सवारी चालक रहेका छन्।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ७६ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४७ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकहरूलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ११ : ०४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र