त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणको माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन « Khabarhub

त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणको माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विनाशकारी भूकम्पबाट पूर्णरुपमा क्षति भएको भवन पुननिर्माण हुनुपर्ने भन्दै काठमाडौंको घन्टाघरस्थित त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरूले सडकमै बसेर पढेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । 

No description available.भूकम्पबाट क्षति भएको लामो समय हुँदा पनि पुननिर्माणमा चासो नदेखाएको भन्दै विद्यार्थीहरूले सडकमै बसेर पढेर ध्यानाकर्षण गराएका हुन् । उनीहरूले भवन पुननिर्माण गर, हामी पढ्न चाहन्छौ, भ्युटावर चाहिँ बन्ने त्रिचन्द्र नबन्ने, इतिहास ढल्दैछ सरकार मौन छ, शिक्षा मन्त्रालय हराएको सूचना लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेपालको इतिहासकै रुपमा रहेको त्रिचन्द्र क्याम्पसको पुननिर्माणमा सरकारको ध्यान नगएको भन्दै प्रदर्शन गर्नुपरेको विद्यार्थीहरूको भनाई छ । 

No description available.एक सय चार वर्षको इतिहास बोकेको त्रिचन्द्र कलेजको अवस्था दयनीय बनेपछि विद्यार्थीहरू क्याम्पस बचाउ अभियानमा लागेका हुन् । २०७२ को भूकम्पले भत्काएको त्रिचन्द्र कलेजको पुरानो भवन पुनर्निर्माण नहुँदा थप जीर्ण बन्दै गएको छ । त्रिचन्द्र कलेजको घन्टाघरतर्फको भवन १९७५ सालमा बनेको थियो ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  २ : १२ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी