सुडानको डार्फरमा भएको हिंसामा १०० जनाको मृत्यु « Khabarhub

सुडानको डार्फरमा भएको हिंसामा १०० जनाको मृत्यु


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक सुडानको डार्फर क्षेत्रमा पछिल्लो एक हप्तामा झण्डै १०० मानिस मारिएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय निकायले सार्वजनिक गरेको विवरणअनुसार सुडानको पश्चिमी डार्फर क्षेत्रमा हिंसात्मक आक्रमणमा १ सय भन्दा धेरै मानिस मारिएका हुन् ।

डार्फरको कुल्बुसमा लामो समयदेखि हिंसात्मक घटना हुँदै गएकाले त्यसैमा परेर उनीहरुको मृत्यु भएको राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी निकायले जनाएको छ ।

स्थानीय अरब लडाकुले विभिन्न गाउँमा आक्रमण गर्दै आएका छन् । निरन्तर आक्रमणका कारण हजारौँ मानिस विस्थापित पनि भएको जनाइएको छ । राष्ट्रसङ्घीय अधिकारीले हिंसात्मक घटना निरन्तर भइरहेकाले मानवीय क्षति पनि भइरहेको बताएका छन् ।

उनीहरुले हिंसा अन्त्य गर्नेगरी तत्काल समस्या समाधानका उपाय खोज्न पनि सरोकारवालालाई आग्रह गरेका छन् । जनताको जीवन रक्षाका लागि स्थानीय अगुवा, अधिकारप्राप्त व्यक्ति, सुरक्षाकर्मीलगायत सबैले ध्यान दिनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।

डार्फर क्षेत्रमा सन् २००३ देखि गृह युद्ध भइरहेको छ । तत्कालिन राष्ट्रपति ओमर अल बशिर विरुद्ध सुरु भएको द्वन्द्व अहिले पनि चलिरहेको छ । राष्ट्रपति बशिरलाई भने सन् २०१९ को अप्रिलमा अपदस्थ गरिएको थियो । त्यसपछि भएका विभिन्न सहमती तथा सम्झौता पालना नभएकाले द्वन्द्व चलिरहेको बताइएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ४ : ५० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने