विमानवाहक युद्धपोतका लागि भारतले २६ लडाकु विमान खरिद गर्ने « Khabarhub

विमानवाहक युद्धपोतका लागि भारतले २६ लडाकु विमान खरिद गर्ने


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लडाकु विमानवाहक युद्धपोत आईएनएस विक्रान्तका लागि २६ लडाकु विमान खरिद गर्ने भएको छ । आफ्नै मुलुकमा उत्पादन हुने लडाकु विमान भारतीय नौसेनामा तैनाथ हुन अझै दशक लाग्नसक्ने भएकाले तत्कालका लागि भारतले २६ लडाकु विमान खरिद गर्न लागेको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ ।

भारतीय नौसेनाको आगामी लडाकु विमानवाहक युद्धपोत विक्रान्तका लागि भारत सरकारले अन्तर सरकारी सम्झौता (जीटुजी) प्रक्रियामार्फत् २६ लडाकु विमान खरिद गर्न लागेको जनाइएको छ ।

यसका लागि फ्रान्सेली लडाकु विमान रफायल मरिनले गत जनवरीमा भारतको गोवामा रहेको नौसैनिक अखडामा परीक्षण उडान गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

त्यस्तै, अमेरिकी लडाकु विमान एफ १८ सुपर होर्नेटको परीक्षण उडान बुधबार सम्पन्न हुने जनाइएको छ ।

२६ मध्ये भारतीय नौसेनालाई ८ वटा दुई इन्जिन भएका प्रशिक्षण लडाकु विमान पनि आवश्यक रहेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । यी प्रशिक्षण लडाकु विमानलाई आवश्यक परेको समयमा युद्धमैदानमा पनि प्रयोग गरिने बताइएको छ ।

आइएनएस विक्रान्तलाई यो वर्षको स्वतन्त्रता दिवस अर्थात् १५ अगष्टमा नरेन्द्र मोदीले औपचारिक रुपमा भारतीय नौसेनामा तैनाथ गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ५ : ०२ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ