पाकिस्तानमा फेरि अहमदिया मुसलमानको चिहान भत्काइयो « Khabarhub

पाकिस्तानमा फेरि अहमदिया मुसलमानको चिहान भत्काइयो


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा पुनः अहमदिया मुसलमानको चिहान भत्काइएको समाचार सार्वजनिक भएको छ । फ्राइडे टाइम्स साप्ताहिक अखबारका अनुसार पछिल्लो समय पाकिस्तानको पेशावरमा रहेको अहमदिया मुसलमानको चिहान भत्काइएको हो ।

पछिल्लो घटनामा १९ वर्षे इश्फाक अहमदको चिहान भत्काइएको पाकिस्तानी अहमदिया समुदायका प्रवक्ता सलिम उद दिनले जनाएका छन् ।
त्यसअघि पाकिस्तानको ओकारा क्षेत्रमा अर्का ३६ वर्षे अहमदिया समुदायका व्यक्तिको छुरा धसी हत्या गरिएको थियो । ओकारामा ती व्यक्तिलाई छोराछोरीको सामुन्ने नै छुरा धसी हत्या गरिएको थियो । हत्यारा पाकिस्तानी तालिबानसँग सम्बन्धित रहेको जनाइएको छ ।

पाकिस्तानका केही मानवअधिकारवादी समूहले घटनाको निन्दा गरेपनि पाकिस्तानको सरकारले भने यसबारे केही टिप्पणी गरेको छैन ।

पाकिस्तानमा अहमदिया मुसलमानहरु साम्प्रदायिक हिंसाको सिकार हुँदै आएका छन् । तीन महिनाअघि सार्वजनिक एक समाचारमा प्रहरीले नै पञ्जाब प्रान्तमा अहमदियाहरुको चिहान भत्काइदिएको थियो ।

पाकिस्तानमा ४० लाख अहमदिया मुसलमानहरुको बसोबास छ । पछिल्ला केही वर्षयता पाकिस्तानमा अहमदियाहरुको करिब १५० चिहान भत्काइएको जनाइएको छ ।

पाकिस्तानको संविधानले अहमदियाहरुलाई इस्लामिक चिह्न र पहिचानको प्रयोग गर्न दिँदैन । पछिल्ला केही वर्षयता अहमदियाहरु पाकिस्तानमा हिंसा र लज्जाको सिकार हुँदै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ६ : ४९ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ