आईसीसीद्वारा क्यानमाथिको 'कन्ट्रोल फन्डिङ' फुकुवा | Khabarhub Khabarhub

आईसीसीद्वारा क्यानमाथिको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा गरेको छ ।

क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै आईसीसीले ‘कन्ट्रोल फन्डिङ’ बाट नेपाललाई फुकुवा गरेको जनाएको हो । यसअघि २०७६ असोज ११ र १२ गते काठमाडौंमा सम्पन्न विशेष साधारण सभामार्फत नयाँ कार्यसमिति आइसकेपछि क्यानमाथिको निलम्बन फुकुवा गरेको थियो ।

तर, त्यसबेला आइसिसीले क्यानलाई ‘कन्ट्रोल फन्डिङ’ मा राखेको थियो । निलम्बन फुकुवादेखि कार्यसमितिको उत्कृष्ट कार्यसम्पादनको मूल्यांकन गर्दै ‘कन्ट्रोल फन्डिङ’ हटाइएको क्यानले जनाएको छ ।

कन्ट्रोल फन्डिङ’ पूर्णरुपमा हटेसँगै नेपालले अबदेखि एकदिवसीय मान्यताप्राप्त अन्य एसोसियट देशहरुसरह आर्थिक अनुदा र गतिविधि गर्न पाउने भएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ८ : ०९ बजे

साफ यु–१९ च्याम्पियनसिप : आज नेपाल र भारत खेल्ने

काठमाडौं– १९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग

अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदीको भ्रमणमा, कतारले ५५ अर्बको बोइङ जेट उपहार दिने 

वासिंगटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज साउदी अरबको भ्रमणमा

आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागलुङको गाजा दहमा पर्यटकीय पूर्वाधार थपिँदै

बागलुङ– बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको

यातायातको सुविधाले म्याग्दीको ‘मालिकाधुरी’ यात्रा सहज

म्याग्दी- सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित