प्रमुख जिल्ला अधिकारीले ‘धम्की दिएपछि’ सामूहिक बिदा लिएर हिँडे डडेल्धुराका चिकित्सक « Khabarhub

प्रमुख जिल्ला अधिकारीले ‘धम्की दिएपछि’ सामूहिक बिदा लिएर हिँडे डडेल्धुराका चिकित्सक


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डडेलधुरा अस्पतालका ११ जना डाक्टरले सामूहिक रुपमा बिदा मागेका छन् ।

जेठ ३१ गते अमरगढी नगरपालिकाकी २५ वर्षीया गीता ताम्राकारको उपचारको क्रममा मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रिएका छन् । उपचारमा लापरवाही गरेको भन्दै उनीहरु चिकित्सक विरुद्ध उत्रिएपछि चिकित्कहरु सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

जिल्ला प्रशासन कार्यलयमा ध्यानाकर्षण गराउँदा प्रमूख जिल्ला अधिकारीले नै समस्या समाधान नगरेको चिकित्सकहरुको आरोप छ ।

प्रमूख जिल्ला आधिकारीले नै समस्या समाधान नगरी आफूहरुलाई डर र धम्कि दिएर गैर जिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै डडेल्धुराको अवस्था सामान्य नभएसम्म अस्पतालमा नफर्कने चेतावनी दिएका छन् । चिकित्सकहरुले सुरक्षा माग गर्दै सामूहिक बिदाको माग गरेका छन् ।

चिकित्सकहरुले आज अस्पताल प्रशासनमा सामूहिक बिदाको पत्र बुझाएर हिँडेका छन् ।

डडेल्धुरा अस्पतालका डाक्टर ललित सुरी, डा उत्तम भट्ट, डा पदम नेपाली, डा अमृत अधिकारी, डा सुभास लामिछाने, डा विकास दुवाडी, डा विभव बस्याल, डा नरेश श्रेष्ठ, डा सृजना अधिकारी डा सिर्जना महर्जन र डा डवल बुडाले सामुहिक विदा मागेका हुन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ५ : २७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका