युएईमा श्रमिकलाई चर्को घाममा काम लगाउन रोक, नियम उलङ्घन गर्ने कम्पनीलाई ५० हजार दिराम जरिवाना « Khabarhub

युएईमा श्रमिकलाई चर्को घाममा काम लगाउन रोक, नियम उलङ्घन गर्ने कम्पनीलाई ५० हजार दिराम जरिवाना


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- खाडी राष्ट्रहरूमा गर्मी बढेसँगै श्रमिकहरूलाई बाहिर चर्को घाममा काम गर्न रोक लगाउन थालेको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा जुन १५ देखि चर्को घाममा श्रमिकलाई काम लगाउन रोक लगाएको छ ।

युएईको मानव संसाधन मन्त्रालयले जुन १५ देखि सेप्टेम्बर १५ सम्म दिउँसो साढे १२ बजेदेखि ३ बजेको समय सिधै घाम पर्ने खुला ठाउँमा कुनै पनि कम्पनीले श्रमिकलाई काम लगाउन कम्पनीहरूलाई अनुरोध गरेको छ ।

नयाँ नियम अनुसार श्रमिकले दैनिक कामको अवधि ८ घण्टा गर्नु पर्नेछ । यदि कसैले २४ घण्टा भित्र आठ घण्टा भन्दा बढी काम गर्दछ भने, अतिरिक्त समय ओभर टाइम मानिनेछ, जसको लागि कामदारलाई भुक्तानी गर्नुपर्ने प्रावधान रहेको मन्त्रालयले जनाएको छ ।

रोजगारदाता कम्पनीहरूले दैनिक काम गर्ने घण्टाको तालिका कार्यस्थलमा एक प्रमुख साइटमा राख्नु पर्नेछ, र अरबी बाहेक अन्य भाषामा पनि लेख्नुपर्दछ, जुन कामदारहरूले सजिलै बुझन सक्ने हुनुपर्ने छ ।

कम्पनीहरूले सरकारले जारी गरेको नियमको उल्लङ्घन भएको पाइएमा प्रत्येक एक व्यक्ति कम्पनीले ५ हजार दिरामसम्म जरिवाना तिर्नुपर्ने उल्लेख गरिएको छ ।

यदि नियम विपरीत कम्पनीले धेरै श्रमिकलाई काम लगाइएको ठहर भएमा ५० हजार दिरामसम्म जरिवाना तिर्नुपर्ने मन्त्रालयले जनाएको छ । युएईमा विभिन्न क्षेत्रमा गरी करिब चार लाख नेपाली कार्यरत रहेको पाइन्छ ।

यसअघि नै कतारले खुल्ला कार्य क्षेत्रमा काम गर्ने कामदारहरूमा जून १ देखि सेप्टेम्बर १५ तारिख सम्मका लागि काम गर्ने समय सीमा तोकिसकेको छ भने कुवेतले पनि १ जुनदेखि ३१ अगस्टसम्म यो नियम लागू गरिसकेको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ११ : ५४ बजे

मधेशका मुख्य न्यायाधिवक्ता महतो बर्खास्त

जनकपुरधाम- मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्।

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु

मोगादिशु – सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको

‘जेनजी’ आन्दोलनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं- सरकारले ‘जेनजी’ आन्दोनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा-नौबिसे-मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने