सुनिशासँग लगनगाँठो कस्दै राज « Khabarhub

सुनिशासँग लगनगाँठो कस्दै राज


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हाँस्य टेलीफिल्म ‘तीतो-सत्य’ मा राज बनेर अभिनय गरेका राज आचार्यले अभिनेत्री सुनिशा बजगाईंसँग विवाह गर्ने भएका छन् । टेली फिल्ममा दीपक राज गिरी र दीपाश्री निरौलाको छोरा बनेर अभिनय गरेका राजले सुनिशासँग यही असार ७ गते विवाह गर्न लागेका हुन् ।

सुनिशाले मंगलबार मात्र यस भनेको फोटो राख्दै विवाहका लागि स्वीकृति दिएको सङ्केत दिएकी थिइन् । त्योभन्दा अघि पनि उनले साथीको मेहन्दीको तस्बिर राख्दै ‘आइ एम नेक्स्ट’ को क्याप्सन राखेकी थिइन् ।

दुई हप्ता अघि जन्मदिन परेकी सुनिशालाई राज आचार्यसँगै दीपाश्री निरौलाले पनि ‘बुहारी ह्रयाप्पी बर्थ डे’ भन्दै सुनिशालाई शुभेच्छा दिएकी थिइन् । अभिनय छाडेर पढ्न गएका राजले चार्टर्ड अकाउन्ट सकाएका छन् ।

राज र सुनिशालाई केही समयदेखि टिकटक भिडियोमा बाक्लै देखिने गरेको थियो । यसैगरी राजले ‘छक्का पञ्जा’ सिरिजबाट अभिनयमा कम ब्याक गर्ने चर्चा छ । राज र सुनिशाले केही समयअघि ‘नजिक’बोलको म्युजिक भिडियोमा पनि सँगै अभिनय गरेका थिए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १२ : १६ बजे

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि