ओदी पाटनमा पशु सेवा कार्यालय जुम्लाद्वारा भेडा स्रोत केन्द्र स्थापना  | Khabarhub Khabarhub

ओदी पाटनमा पशु सेवा कार्यालय जुम्लाद्वारा भेडा स्रोत केन्द्र स्थापना 


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– जुम्लाको हिमा गाउँपालिका–२ स्थित ओदी पाटनमा पशु सेवा कार्यालय जुम्लाद्वारा भेडा स्रोत केन्द्र स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट सञ्चालित भेडा स्रोत केन्द्र स्थापना गरिएको पशु सेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले जानकारी दिए । वडा नं २ स्थित ओदी पाटनमा नमूना भेडा स्रोत केन्द्र सुरुवात गरिएको छ ।

 उनका अनुसार एक जिल्लामा एक स्रोत केन्द्र बनाउने प्रदेश सरकारको उद्देश्यअनुसार जिल्लामा भेडा पालनलाई स्तर वृद्धि गरी केन्द्र स्थापना गरिएको हो । तीन वर्ष अघि स्रोत केन्द्र स्थापना गर्ने उद्देश्यअनुसार सूचना गरी हिमा–२, ओदी स्थित लामा विष्णु भेडा पालक समूह छनोटमा परेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ । लामा विष्णु भेडा पालक समूहका अध्यक्ष नन्दबहादुर रोकायाका अनुसार अहिले सो स्रोत केन्द्रमा २०० भेडा रहेका छन् । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा दुई भेडा बस्ने ठूला क्षमताका ब्लग, एक कार्यालय भवन र ७०० मिटर घेरबार कार्य सम्पन्न भइसकेको छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार चन्दननाथ नगरपालिका स्रोत केन्द्रको डिपिआर रु आठ करोड र अन्य चालु खर्च गरी करिब रु ११ करोडमध्ये तीन आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारबाट रु दुई करोड ८० लाख निकासा भएको छ । इन्जिनियर धर्मराज शाहीका अनुसार डिपिआरमा तीन ठूला आधुनिक भेडा बस्ने भवन र एक प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेका छन् । सात सय मिटर वरिपरि जालीसहितको घेरबार सम्पन्न भइसकेको छ । उनका अनुसार समूहले पहिलो वर्ष ७० भेडा खरिद गरेको थियो । अहिले बढेर २०० पुगेका छन् ।

 केही भेडा बिक्रीसमेत गरिएको छ । अन्य दुई करिब ५०० भेडा बस्ने क्षमताका भवन, वधशाला निर्माण, खानेपानी, औषधि उपचार, समूहलाई क्षमता अभिवृद्धि तालिमजस्ता कार्यक्रम रहेको इन्जिनियर शाहीले जानकारी दिए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ३ : २२ बजे

इरानी सर्वोच्च नेता खामेनेईले भने- आत्मसमर्पण गर्दैनौँ, अमेरिकी बेसमा फेरि आक्रमण गर्न सक्छौँ

तेहरान- इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले बिहीबार एक टेलिभिजन

इरान र रुसका रक्षामन्त्री चीनमा

एजेनसी – मध्यपूर्वमा युद्ध र युरोपमा नेटो राष्ट्रहरूको शिखर सम्मेलनको

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’ को प्रदर्शनी   

काठमाडौं– एलजी नेपालले ‘एफेक्सनेट इन्टेलिजेन्स ‘अभियान प्रस्तुत गर्न लागेको छ ।

कालीकोटको दलित बस्तीमा पुग्यो खानेपानी

मान्म– कालीकोटको रास्कोट नगरपालिका–३ का दलित बस्तीमा एक घर एक

सम्भावित विपद् प्रतिकार गर्न सरकार तयारी अवस्थामा छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले मनसुनको समय भएको र जुनसुकैबेला पनि