रनवीर र आलिया अभिनीत 'ब्रह्मास्त्र' को ट्रेलर सार्वजनिक | Khabarhub Khabarhub

रनवीर र आलिया अभिनीत ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रनवीर कपूर र आलिया भट्ट अभिनीत फिल्म ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक भएको छ । आयन मुखर्जीद्वारा निर्देशित यो फिल्म सन् २०२२ को प्रतीक्षित मध्येको एक हो । आगामी सेप्टेम्बर ९ मा प्रदर्शन हुने फिल्मको पहिलो भागलाई ‘शिव’ भनिएको छ । सत्य असत्य, आशा र निराशाबीचको लडाइँ देखाइएको फिल्मको सार्वजनिक ट्रेलरमा भारतीय इतिहासलाई आधुनिकतासँग जोडेर  ‘फेन्टासी’ कथावस्तु चित्रण गरिएको छ ।

फिल्ममा रनवीरले शिवको भूमिका निर्वाह गरेका छन् । उनी फिल्ममा अग्नि अस्त्र बनेका छन् । उनले आफ्नो क्षमता बुझ्ने र आफू झैँ अस्त्रहरूको समीपमा पुग्ने कथालाई पहिलो भागमा निर्देशक मुखर्जीले समेटेका छन् । फिल्ममा आलियाले इशाको भूमिका निर्वाह गरेकी छिन् । 

शिव अर्थात रनवीरको प्रेम इशा अर्थात आलियासँग बस्छ । उनीहरूको प्रेमसँगै शिवको अस्त्रहरुको समिश्रणराक्षसहरुको लडाइँलाई फिल्ममा चित्रण गरिएको छ । निर्देशक मुखर्जीले एस्ट्राभर्स नामक सिनेम्याटिक युनिभर्सको निर्माण गर्ने योजना अनुसार ‘ब्रह्मास्त्र’ आउने बताए । तीन भागमा बन्ने फिल्मको अन्य दुई भाग पनि आउने छ । निर्देशक मुखर्जीको अनुसार यो भारतको पहिलो सिनेम्याटिक युनिभर्स भनिएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १ : ४१ बजे

वैदेशिक रोजगारीमा ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख

वैदेशिक संघर्षको आफ्नै कथा भेटेपछि ‘रातो पासपोर्ट’मा निर्माता बने तामाङ

काठमाडौं– वैदेशिक शिक्षा र रोजगारीको सपना पूरा गर्न संघर्षरत युवाहरूको

आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढे

तनहुँ–  जिल्लाको आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढ्न थालेका

नारायणगढ-मुग्लिन सडक सञ्चालन

मुग्लिन – नारायणगढ-मुग्लिन सडक खण्ड आज दिउँसो ३ बजेसम्म बन्द

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग गर्न माग

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व