करेन्ट लागेर दुई जनाको मृत्यु | Khabarhub Khabarhub

करेन्ट लागेर दुई जनाको मृत्यु


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं र बाग्लुङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । 

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बस्ने २६ वर्षीय सनम तामाङको करेन्ट लागेर मंगलबार मृत्यु भएको हो । सुन्दरीजल मेलम्ची खानेपानी आयोजनामा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाग्लुङको बडीगाड गाउँपालिका–२ सकनेरा बस्ने ३२ वर्षीय छबिलाल बलामीको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ । सोही गाउँपालिका–५ न्वारास्थित खोलामा ६ जना व्यक्तिहरु माछा मार्न गएकोमा छबिलालको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय बुर्तिबाङ र प्रहरी चौकी ग्वालिचौरबाट खटिएको प्रहरीले मृतकसँग गएका ५ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  २ : ४० बजे

इरानी सर्वोच्च नेता खामेनेईले भने- आत्मसमर्पण गर्दैनौँ, अमेरिकी बेसमा फेरि आक्रमण गर्न सक्छौँ

तेहरान- इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले बिहीबार एक टेलिभिजन

इरान र रुसका रक्षामन्त्री चीनमा

एजेनसी – मध्यपूर्वमा युद्ध र युरोपमा नेटो राष्ट्रहरूको शिखर सम्मेलनको

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’ को प्रदर्शनी   

काठमाडौं– एलजी नेपालले ‘एफेक्सनेट इन्टेलिजेन्स ‘अभियान प्रस्तुत गर्न लागेको छ ।

कालीकोटको दलित बस्तीमा पुग्यो खानेपानी

मान्म– कालीकोटको रास्कोट नगरपालिका–३ का दलित बस्तीमा एक घर एक

सम्भावित विपद् प्रतिकार गर्न सरकार तयारी अवस्थामा छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले मनसुनको समय भएको र जुनसुकैबेला पनि