पाकिस्तानी मन्त्रीद्वारा चिया कम पिउन आह्वान, बिजुली जोगाउन चाँडै पसल बन्द गर्न सुझाव « Khabarhub

पाकिस्तानी मन्त्रीद्वारा चिया कम पिउन आह्वान, बिजुली जोगाउन चाँडै पसल बन्द गर्न सुझाव


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशको अर्थतन्त्र जोगाउन भन्दै पाकिस्तानका एक जना मन्त्रीले चिया कम पिउन सर्वसाधारणलाई आह्वान गरेका छन् ।

एक पत्रकार सम्मेलनमा योजना, विकास तथा विशेष प्रोत्साहनमन्त्री अहसान इकबालले भने, ‘अर्थव्यवस्था बचाउने प्रयासस्वरूप म देशलाई एक कप चिया कम गर्न अपील गर्नेछु।’

उनले व्यापारीहरुलाई बिजुलीको उपभोग कम गर्नका लागि बेलुकी साढे ८ बजे नै पसल बन्द गर्न समेत आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ ।

चिया कम पिउन मन्त्रीले दिएको सुझाव अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पाकिस्तानमा चिया पारखीको ठूलो जनसंख्या रहेको जनाइएको छ ।

आतंकवाद र राजनीतिक संकटसँगै देश गम्भीर आर्थिक मन्दीबाट गुज्रिरहेका बेला पाकिस्तानी मन्त्रीले सर्वसाधारणलाई चिया कम पिउन आग्रह गरेका हुन् ।

पाकिस्तानको नयाँ सरकारले आगामी तीन वर्षमा ६ दशमलब ४ अर्ब डलर ऋण चुक्ता गरेर अन्तर्राष्ट्रिय मुद्रा कोषले तोकेको बेलआउट मापदण्ड पूरा गर्ने प्रयास गरिरहेको छ ।

बीबीसीका अनुसार पाकिस्तान विश्वकै सबैभन्दा ठूलो चिया आयातकर्ता मुलुक हो । गत वर्षमात्रै पाकिस्तानले ६० करोड डलर बराबरको चिया आयात गरेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार औसत पाकिस्तानीले हरेक वर्ष एक किलो चिया पिउने गरेका छन् ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : १२ बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप