पूर्व-पश्चिम राजमार्गस्थित बाराको जंगल : ‘अघोषित रेडलाइट एरिया’ « Khabarhub

पूर्व-पश्चिम राजमार्गस्थित बाराको जंगल : ‘अघोषित रेडलाइट एरिया’


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बारामा पूर्व-पश्चिम राजमार्गको निजगढ-पथलैयापथलैया-अम्लेखगञ्ज सडकखण्डको जंगलमा देह व्यापार बढ्दै गएको छ । कम आय भएका महिलाहरू दाउरा घाँसको बहानामा विभिन्न स्थानबाट आएर राजमार्ग छेउछाउको जंगलमा यौन क्रियाकलापमा सरिक हुने गरेको पाइएको हो । 

बारामा रहेको निकुञ्ज क्षेत्र, राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पछिल्लोसमय देह व्यापार गर्ने महिलाहरूको संख्यासमेत बढ्न थालेको छ । वन क्षेत्र प्राय: सुनसान हुने र प्रहरीको समेत ध्यान नजाने भएकाले यस क्षेत्रमा दिन प्रतिदिन देह व्यापार गर्ने महिलाहरूको संख्या बढेको हो । पूर्व-पश्चिम राजमार्गका कारण उनीहरूका ग्राहक प्राय: सवारी चालक र स्थानीयहरू हुने गरेका छन् । 

यौन व्यवसायी महिलाहरूले कमजोर आर्थिक अवस्थाका कारण  यौन व्यवसायमा लाग्नु परेको बताउँछन् ।  दैनिक के खाउँ र के लाउँ भन्ने पीडामा रुमल्लिएका महिला आफ्ना सन्तानको पालनपोषण, शिक्षादीक्षाका लागि पनि देह व्यापारमा संलग्न भएका छन् । 

श्रीमानले छोडेको तथा दिनभरि ज्याला मजदुरी गर्दासमेत् उचित पारिश्रमिक नपाएको र घरको आर्थिक अवस्थासमेत कमजोर भएकै कारण देह व्यापारमा लाग्नु परेको उनीहरूको गुनासो छ । आर्थिक समस्याका कारण आफू यस क्षेत्रमा आउन बाध्य भएको र यही पेसाबाट घर परिवारको पेट पाल्नकै लागि भए पनि देह व्यापार गर्ने गरेको उनीहरूको भनाइ छ । 

सडकको विभिन्न ठाउँहरूमा बसेर महिलाले खुलेआम ग्राहकहरूसँग बार्गेनिङ गरिरहेको देखिन्छ ।  देह व्यापारीहरूको संख्या पछिल्लो समयमा बढ्दै गइरहेको छ । खुलमखुल्ला देह व्यापार र अनैतिक कार्य हुने गरेपछि नियन्त्रणका लागि स्थानीय प्रशासनले समेत चासो देखाएको छ । 

वन क्षेत्रमा हुँदै आएको अवैधधन्दा नियन्त्रण गर्न प्रहरीले प्रयास गरेको छ । प्रहरीको भ्यान आउँदा भने उनीहरू बनभित्र लुक्ने गर्छन् । प्रहरीले सुरुमा पटक पटक सम्झाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । तर, सम्झाउँदासमेत राजमार्गको देह व्यापार नरोकिएपछि प्रहरीको नियन्त्रणमा लिने प्रयास सफल नभएको थापाले बताए । राजमार्गमा देह व्यापार नरोकिएपछि पछिल्लो समय निजगढदेखि अम्लेखगञ्जको सडकखण्डलाई ‘अघोषित रेड लाइट एरिया’ नै भनेर चिनिने गरेको छ । 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : ३४ बजे

सञ्जालमा भाइरल भइसक्दा पनि अपराध रोक्न किन चुक्दैछ सरकार ?

काठमाडौँ – समाजमा हरेक दिन केही न केही घटना भएकै

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

चितवन– चितवन कारागार कार्यालय चितवन बिरामी कैदीबन्दीको पहिलो रोजाइमा पर्दै

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

म्याग्दी– मालिका गाउँपालिका–७ प्रभुचेला ‘योगध्यान केन्द्र’का रूपमा विकास भएको छ

तीनवटा सवारीसाधन ठोक्किँदा १२ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकआपसमा