पूर्व-पश्चिम राजमार्गस्थित बाराको जंगल : 'अघोषित रेडलाइट एरिया' | Khabarhub Khabarhub

पूर्व-पश्चिम राजमार्गस्थित बाराको जंगल : ‘अघोषित रेडलाइट एरिया’


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बारामा पूर्व-पश्चिम राजमार्गको निजगढ-पथलैयापथलैया-अम्लेखगञ्ज सडकखण्डको जंगलमा देह व्यापार बढ्दै गएको छ । कम आय भएका महिलाहरू दाउरा घाँसको बहानामा विभिन्न स्थानबाट आएर राजमार्ग छेउछाउको जंगलमा यौन क्रियाकलापमा सरिक हुने गरेको पाइएको हो । 

बारामा रहेको निकुञ्ज क्षेत्र, राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पछिल्लोसमय देह व्यापार गर्ने महिलाहरूको संख्यासमेत बढ्न थालेको छ । वन क्षेत्र प्राय: सुनसान हुने र प्रहरीको समेत ध्यान नजाने भएकाले यस क्षेत्रमा दिन प्रतिदिन देह व्यापार गर्ने महिलाहरूको संख्या बढेको हो । पूर्व-पश्चिम राजमार्गका कारण उनीहरूका ग्राहक प्राय: सवारी चालक र स्थानीयहरू हुने गरेका छन् । 

यौन व्यवसायी महिलाहरूले कमजोर आर्थिक अवस्थाका कारण  यौन व्यवसायमा लाग्नु परेको बताउँछन् ।  दैनिक के खाउँ र के लाउँ भन्ने पीडामा रुमल्लिएका महिला आफ्ना सन्तानको पालनपोषण, शिक्षादीक्षाका लागि पनि देह व्यापारमा संलग्न भएका छन् । 

श्रीमानले छोडेको तथा दिनभरि ज्याला मजदुरी गर्दासमेत् उचित पारिश्रमिक नपाएको र घरको आर्थिक अवस्थासमेत कमजोर भएकै कारण देह व्यापारमा लाग्नु परेको उनीहरूको गुनासो छ । आर्थिक समस्याका कारण आफू यस क्षेत्रमा आउन बाध्य भएको र यही पेसाबाट घर परिवारको पेट पाल्नकै लागि भए पनि देह व्यापार गर्ने गरेको उनीहरूको भनाइ छ । 

सडकको विभिन्न ठाउँहरूमा बसेर महिलाले खुलेआम ग्राहकहरूसँग बार्गेनिङ गरिरहेको देखिन्छ ।  देह व्यापारीहरूको संख्या पछिल्लो समयमा बढ्दै गइरहेको छ । खुलमखुल्ला देह व्यापार र अनैतिक कार्य हुने गरेपछि नियन्त्रणका लागि स्थानीय प्रशासनले समेत चासो देखाएको छ । 

वन क्षेत्रमा हुँदै आएको अवैधधन्दा नियन्त्रण गर्न प्रहरीले प्रयास गरेको छ । प्रहरीको भ्यान आउँदा भने उनीहरू बनभित्र लुक्ने गर्छन् । प्रहरीले सुरुमा पटक पटक सम्झाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । तर, सम्झाउँदासमेत राजमार्गको देह व्यापार नरोकिएपछि प्रहरीको नियन्त्रणमा लिने प्रयास सफल नभएको थापाले बताए । राजमार्गमा देह व्यापार नरोकिएपछि पछिल्लो समय निजगढदेखि अम्लेखगञ्जको सडकखण्डलाई ‘अघोषित रेड लाइट एरिया’ नै भनेर चिनिने गरेको छ । 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : ३४ बजे

‘भोजपुर प्रतिभा पुरस्कार’बाट शाक्य पुरस्कृत

भोजपुर– प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘भोजपुर प्रतिभा पुरस्कार’बाट टक्सार

टुङ्गोमा पुगेन हमास र इजरायलको वार्ता

दोहा – इजरायल र हमासबीच आइतबार भएको वार्ता बिना निष्कर्ष

खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाको बिरुवा वितरण

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका

कृषि कर्जालाई सरलीकृत गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड

काठमाडौ‌– कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत

जिम्बाबेविरुद्ध मल्डरको दोहोरो शतकले बलियो अवस्थामा दक्षिण अफ्रिका

काठमाडौं – विश्व च्याम्पियन दक्षिण अफ्रिकाले जिम्बाबे विरुद्धको पहिलो टेस्टमा