स्थानीय निर्वाचन शान्तिपूर्ण भएको पर्यवेक्षण समितिको निष्कर्ष « Khabarhub

स्थानीय निर्वाचन शान्तिपूर्ण भएको पर्यवेक्षण समितिको निष्कर्ष


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय तह सदस्य निर्वाचन २०७९ शान्तिपूर्ण रूपमा सम्पन्न भएको निष्कर्ष निकालिएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी) ले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा केही मात्रामा आचारसंहिता विपरीतका गतिविधि भए पनि समग्रमा समावेशी सहभागितासँगै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको जानकारी गराएको हो ।

त्यसैगरी मतदाता नामावलीमा नाम भएको व्यक्तिलाई परिचयपत्र नभए पनि नागरिकता प्रमाणपत्रको आधारमा मतदान गर्ने व्यवस्था गरिनु, आचारसंहिताको उल्लङ्घनकर्ताविरुद्ध कानूनी कारबाहीस्वरूप स्पष्टीकरणसहित सजग गराउनु, निर्वाचनसम्बन्धी विवादको निरुपण गर्न सर्वपक्षीय तथा सर्वदलीय सहमति खोज्नु सकारात्मक पक्ष रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पर्यवेक्षण प्रतिवेदनअनुसार निर्वाचनको समयमा आचारसंहिताले गर्न नहुने भनी गरेको निर्देशनात्मक व्यवस्थाविपरीत पञ्चेबाजासहितको झाँकी, मोटरसाइकल ¥याली, बालबालिकाको प्रयोग, उम्मेदवारका लागि तोकिएको सङ्ख्याभन्दा बढी सवारी साधनको प्रयोग गरिएको छ ।

दलित तथा पिछडिएका समुदायलाई आर्थिक प्रलोभनमा पारी मतदान आफ्नो पक्षमा पार्ने प्रयास, निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमालाई अधिकांश राजनीतिक दलहरुले पालना नगरेको इओसीका अध्यक्ष प्रदीप पोखरेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।

आगामी दिनमा निर्वाचन आयोगले महिला प्रतिनिधित्वका लागि बाधक कानूनी छिद्राहरुको निरुपण गर्नुपर्ने, मतदान केन्द्रमा हेल्थ डेस्कको व्यवस्था गरिनुपर्ने, मतदान र नागरिक शिक्षालाई निर्वाचनको अभिन्न अङ्ग बनाउनुपर्ने, म्यादी प्रहरीको स्थानमा निर्वाचन अवधिका लागि सुरक्षा स्वयंसेवकको व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ ।

गत वैशाख ३० गते एकै चरणमा सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनका लागि इओसीले ४०३ जना राष्ट्रिय पर्यवेक्षक परिचालन गरेको थियो ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १० : ५७ बजे

आज कोजाग्रत पूर्णिमा, यस वर्षको बडादसैँ समापन हुँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर