मुगुमा आँखा शिविर सञ्चालन | Khabarhub Khabarhub

मुगुमा आँखा शिविर सञ्चालन


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिमाली जिल्ला मुगुमा बुधबारबाट निशुल्क आँखा शिविर सञ्चालन भएको छ । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र मुगुको आयोजना हिमालय आँखा अस्पताल घारिपाटन पोखरा र नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा मुगुमा तिन दिने नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।

शिविर असार ३ गते सम्म सञ्चालन हुनेछ । बुधवार अर्थात् पहिलो दिनमा ४ सय ४ जनाले आँखा चेकजाँच गरेका छन् । जस मध्ये ४५ जना मोतियाबिन्दु तथा अप्रेसनको लागि छनोट भएको र छनोट भएका मोतिया बिन्दुका बिरामीहरुको भोलि अप्रेसन गरिने नेपाल नेत्र ज्योति संघ केन्द्रिय उपसभापति तथा कर्णाली प्रदेश सभापति तिलक बहादुर मल्लले जानकारी दिए । उनका अनुसार शिविर ३ दिन सम्म चल्नेछ ।

यसमा विकट हिमाली जिल्ला मुगु सहित छिमेकि जिल्ला जुम्ला , हुम्लाका नागरिकले सहजे सेवा पाउन सक्ने बताए । शिविरमा जुम्लाका आँखाका विरामिको पनि चेकजाँच गरिएको छ ।

मोतियाबिन्दु गरेका आँखाका विरामिलाइई चश्मा पनि वितरण गरिने छ । शिविर सञ्चालन गर्न अस्पताल बाट चिकीत्सक सहित स्वास्थ्यकर्मी उपस्थिती भई सकेका छन् ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ११ : ५१ बजे

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी– मुस्ताङको कोराला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु