तीन वर्षमा बेँसीसहर बालमैत्री नगर बन्ने | Khabarhub Khabarhub

तीन वर्षमा बेँसीसहर बालमैत्री नगर बन्ने


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङ सदरमुकाम बेँसीसहर नगरपालिकालाई तीन वर्षमा बालमैत्री नगरपालिका घोषणा गरिने भएको छ । यसका लागि बालमैत्री स्थानीय शासन प्रवर्द्धन तथा व्यवस्थापनसम्बन्धी क्षमता विकास प्रशिक्षण कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारवालाहरूले हस्ताक्षरसहित प्रतिबद्धता जनाएका हुन् । 

नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालले बालमैत्री नगरपालिका घोषणामा सबैको साथ र सहयोग आवश्यक पर्ने बताए । उनले अबको तीन वर्षमा बालमैत्री वडा घोषणाको आवश्यक सूचक पूरा गरी नगरपालिकाका नौवटै वडालाई बालमैत्री वडा घोषणा गरिने बताए । नगरपालिकाको १ र ६ वडालाई यसअघिनै बालमैत्री वडा घोषणा गरिएको छ । 

नगरपालिकाको समन्वयमा समाजिक विकास कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षहरू, नगरकार्यपालिका सदस्य, सरकारी तथा गैरसरकारी निकाय, बाल सञ्जाल, सुरक्षा निकायका प्रतिनिधि, पत्रकारलगायत विभिन्न सरोकारवाला निकायले बालमैत्री स्थानीय तह स्थापनाका लागि साथ र सहयोग गर्ने हस्ताक्षर सहित प्रतिबद्धता व्यक्त गरेका छन् ।

नगरपालिकाले सम्बन्धित संघसस्था, सरोकारवाला निकाय र सम्बद्ध व्यक्तिसँगको सहकार्यमा २०८२ साल असार मसान्तसम्ममा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने भएको छ । संविधानको भाग ३, मौलिक हक, धारा ३९, स्थानीय सरकार सञ्चालन ऐन २०७४, बालबालिका सम्बन्धी ऐन २०७५ र बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ मा भएका ५१ सूचक पुरा गरी आगामी तिन वर्ष सम्ममा बेँसीशहरलाई बालमैत्री नगरपालिका घोषणा गरिने भएको हो । 

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  १२ : ०१ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।