पदपूर्ति नहुँदा स्वास्थ्यका कर्मचारीले धान्दै वडा सचिवको काम | Khabarhub Khabarhub

पदपूर्ति नहुँदा स्वास्थ्यका कर्मचारीले धान्दै वडा सचिवको काम


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- धार्चे गाउँपालिका- ६ स्थित काशिगाउँ स्वास्थ्य चौकीमा मित्री माया गुरुङ काम गर्छिन् । गुरुङ अनमी हुन् । सधैँ उनी कार्यालय पुग्ने वित्तिकै सुरुमा हाजिर गर्छिन् । कोही बिरामी आएका छन् भने सेवा दिन्छिन् । आएका छैनन् भने नजिकै रहेको वडा कार्यालय पुगिहाल्छिन् । दिनहुँ वडा कार्यालय नपुगी उनलाई सुखै छैन । बिदाबाहेक अन्य दिन उनको वडा कार्यालय र स्वास्थ्य चौकी आउजाउ गर्दैमा दिन बित्छ ।

तर, वडा कार्यालय उनी कसैको उपचारका लागि जाने भने हैन । उनी त्यस वडाको निमित्त ‘वडा सचिव’ पनि हुन् । दरबन्दीअनुसारको कर्मचारी पदपुर्ती नहुँदा उनले वडा कार्यालयको वडा सचिव र अनमी दुबैको जिम्मेवारी समाल्नु परेको छ ।

‘स्वास्थ्य चौकीमा काम हुँदा यता आउँछु, वडा कार्यालयमा काम हुँदा उता जान्छु । दिनमा कति पटक यताउता आउजाउ गर्नुपर्छ गनि साध्य छैन्’, उनले भनिन् ।

वडा कार्यालयमा कार्यालय सहायक चन्द्रबहादुर गुरुङले सेवाग्राहीहरूको आवश्यक सबै डकुमेन्ट हेर्ने र सबै प्रक्रिया पूरा गर्छन् । ‘कार्यालय सहायक हुनुहुन्छ, उहाँले आवश्यक सबै प्रक्रिया पूरा गर्नुहुन्छ, त्यसपछि मैले कागजातहरू हेरेर आधिकारिकता दिने, सिफारिस दिने लगायतका काम गर्छु’, उनले भनिन् ।

यही गाउँपालिकाको ४ नम्बर वडा कार्यालयमा पनि लाप्राक स्वास्थ्य चौकीको इन्चार्ज धनबहादुर गुरुङले वडा सचिवको अख्तियारी लिएर काम गरिरहेका छन् ।

‘पहिलेका सचिव सरुवा भएर गए, नयाँ आएका छैनन् । गाउँपालिकाले अख्तियारी दिएपछि मैले नै वडा सचिवको पनि काम गरिरहेको छु’, गुरुङले भने । उनी गत पुस २०७८देखि वडा सचिवको रूपमा काम गरिरहेका छन् ।

स्वास्थ्य चौकी इन्चार्ज भएर पनि वडा सचिवको पनि जिम्मेवारी निभाइरहेकामध्ये अर्का हुन्- सपनाकुमार घिमिरे । उनी धार्चे-५ गुम्दा स्वास्थ्य चौकी इन्चार्ज हुन् । तर, विगत वर्ष दिनयता उनले पनि वडा सचिव अख्तियारी लिएर काम गरिरहेका छन् ।

‘नितान्त स्वास्थ्यका कर्मचारी भएर प्रशासनिक क्षेत्रको काम गर्दा जटिलता त छँदै छ । त्यो खालको अनुभव र तालिम पनि छैन । तर, पनि अन्त सोधेर काम गर्नुपर्छ’, घिमिरेले भने ।

धार्चे गाउँपालिकामा ७ वटा वडा छ । तर, यहाँ दरबन्दीअनुसारका दुई वडामा मात्रै वडा सचिव छन् । अन्य वडामा भने स्वास्थ्यकै स्थायी कर्मचारीलाई वडा सचिवको अख्तियारी दिएर कार्यसम्पादन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुल बहादुर आलेले बताए ।

‘दरबन्दीअनुसारको पदपूर्ति नहुँदा कार्यसम्पादनमा जटिलता र समस्या त छँदै छ । तर, पनि सेवाग्राहीको काम नरोकियोस्, सेवाग्राहीले दुःख नपाउन् भन्ने उद्देश्यले स्वास्थ्यकै कर्मचारीलाई अख्तियारी दिएर सेवा प्रदान गरिरहेका छौँ’, आलेले भने ।

गाउँपालिकाको तर्फबाट रिक्त कर्मचारीको पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोग र संघको लोकसेवा आयोगसँग माग गरेको अध्यक्ष लक्ष्मण गुरुङ बताउँछन् ।

‘रिक्त दरबन्दीमा पदपूर्ति गर्नका लागि गाउँपालिकाको तर्फबाट हामीले प्रदेश सरकार र संघ सरकारसँग पहल गरिरहेका छौँ । तर, पदपूर्ति नहुँदाको समयमा पनि सेवाग्राहीहरूले समस्या नै भोग्नुपर्ने अवस्था हुँदैन । भएका कर्मचारीहरूलाई परिचालन गरी हामी सेवा दिन्छौँ’, अध्यक्ष गुरुङले भने ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  १२ : ३६ बजे

जेन-जी आन्दोलनका घाइतेलाई परिचयपत्र दिइने

गोरखा- जिल्ला प्रशासन कार्यालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र

प्रहरी प्रभाग लुटपाट गर्ने साउद पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनमा लुटपाट

टिचिङ अस्पतालमा टिकट पाउनै सास्ती, अस्पताल भन्छ– मन्दिरमा घण्टौँ लाइन बस्ने यहाँ झिँजो मान्छन् 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ अस्पताल) देशकै ठूलो र

निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग

काठमाडौं– पहिलो संविधानसभाका चार सभासद्सहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत

विद्यार्थीका लागि नेपाल टेलिकमको ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक

काठमाडौं– नेपाल टेलिकमले विद्यार्थीलाई लक्षित गर्दै ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा