यमनमा कारलाई लक्षित गरी गराइएको बम विस्फोटमा पत्रकार मारिए « Khabarhub

यमनमा कारलाई लक्षित गरी गराइएको बम विस्फोटमा पत्रकार मारिए


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यमनमा कारलाई लक्षित गरी गराइएको बम आक्रमणमा परी एकजना पत्रकार मारिएका छन् । यमनको दक्षिणी बन्दरगाह सहर एडेनमा स्थानीय यमनी पत्रकार चढेको गाडीमा विस्फोट भएको हो ।

मारिनेमा स्थनीय पत्रकार साबेर नोमान अल–हैदरी रहेको जनाइएको छ । ती पत्रकार चढेको गाडीमा जडान गरिएको बमबाट एडेनको मन्सौरा जिल्लामा ठूलो विस्फोट भएको स्थानीय सरकारी स्रोतले नाम नछाप्ने सर्तमा बताएका छन् ।

राति भएको विष्फोटमा पत्रकारको ज्यान गएको र धेरै यात्रुहरू घाइते भएका छन् । पत्रकार जापानी समाचार आउटलेटका लागि काम गर्दै आएका थिए । उनलाई किन निशाना बनाइएको थियो भन्ने तुरुन्तै स्पष्ट नभएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

हालसम्म कुनै समूहले विस्फोटको जिम्मेवारी लिएको छैन । तर युद्धग्रस्त अरब देशमा यस्तै घटनाहरूमा धेरै यमनी पत्रकार मारिएका छन् । यमन सन् २०१४ को उत्तरार्धदेखि गृहयुद्धमा फसेको छ ।

हुथी लडाकुले यमनको उत्तरी भूभागमा कब्जा जमाएका छन् भने साउदी समर्थित यमनी सरकार अहिले शक्तिहीन जस्तै बनेको छ ।

स्थानीय अधिकारीहरूले एडेनमा सुरक्षा र स्थिरता कायम गर्न प्रयास गरिरहेको जनाएका छन् । यद्यपि, रणनीतिक यमन बन्दरगाह सहरमा छिटपुट बम विस्फोटका घटनाहरू र गोलाबारी आक्रमणहरू अझै पनि हुने गरेको पाइन्छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ३ : ४३ बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित