नेपालले चाहे एसपीपीबाट बाहिरिन सक्छ : अमेरिका | Khabarhub Khabarhub

नेपालले चाहे एसपीपीबाट बाहिरिन सक्छ : अमेरिका


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले स्टेट पार्टनरसिप पोग्राम (एसपीपी) मा सहभागि हुन नचाहेको खण्डमा नेपालले त्यसबारे जानकारी दिएर आफ्नो सहभागिता अन्त्य गर्नसक्ने बताएको छ ।

एसपीपीबारे विवाद चुलिरहेका बेला काठमाडौंँस्थित अमेरिकी दूतावासले नेपालले जानकारी गराएर सहभागिता अन्त्य गर्नसक्ने बताएका हो ।

दूतावासका कार्यवाहक राजदूत म्यानुअल पी मिकलरले एसपीपीमा आबद्ध करिब ९० मुलुकमध्ये बेलारूसले मात्रै आफ्नो सहभागिता अन्त्य गरेको जानकारी दिँदै कुनै पनि मुलुकले अब हामी यस कार्यक्रममा सहभागी हुन्नौँ भनी जानकारी गराएमात्र पुग्ने बताएका हुन् ।

एक प्रेस नोटमार्फत् उनले भने, ‘कुनै देशले संयुक्त राज्य अमेरिकालाई अब हामी यो कार्यक्रममा भाग लिन चाहँदैनौँ भनेर जानकारी मात्र दिए पुग्छ।’

उनले एसपीपीबारे नेपालले गरेको अनुरोध अमेरिकाले स्वीकार गरेको भएपनि त्यस अन्तर्गत हालसम्म कुनै गतिविधि नभएको पनि स्पष्ट पारेका छन् । त्यस्ता गतिविधि नेपाल सरकारको अनुमतिमा मात्रै हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ९ : ३७ बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच