बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः मतदान हुने « Khabarhub

बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः मतदान हुने


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः मतदान हुने भएको छ । यसअघि वैशाख ३० गतेको स्थानीय तहको मतदान स्थगित भएको भएको थियो ।

बाजुराका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेका अनुसार नगरपालिका १० वटा वडाका १९ मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिनेछ ।

यसअघि निर्वाचन हुँदा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरूले विवाद गर्दा निर्वाचन स्थगित भएको थियो । एमाले र काँग्रेसले एकअर्कालाई धाँधली गरेको आरोप लगाएका थिए ।

विवाद चुलिएपछि गठबन्धन दलले पुनः मतदान गर्न माग गरेको थियो भने एमालेले खसेको मत गन्न माग गरेको थियो ।

निर्वाचन आयोगले छानबिन गरी निष्पक्ष निर्वाचन गराउन असफल भएको निष्कर्ष निकालेको थियो । र, नगरपालिकामा खसेका सबै मत बदर गरेको थियो । निर्वाचन आयोगले निष्पक्ष निर्वाचन गराउन नसकेको भन्दै सुरक्षा प्रमुख र प्रशासन प्रमुखलाई हटाउन समेत सिफारिस गरेको थियो ।

नयाँ प्रमुखहरू जिल्लामा पुगेर सर्वदलीय बैठक गरेपछि पुनः मतदान गर्न सहमति जुटेको हो ।

बुढीगंगा नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रंग खाती मेयर र रिता शाही उपमेयरका उम्मेदवार छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट रामबहादुर बानियाँ मेयर र माया खड्का उपमेयरका उम्मेदवार छन् ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  १० : ०२ बजे

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य

ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु, १३ घाइते

एजेन्सी– उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु

कांग्रेस एकताका लागि नेतृत्वको गम्भीर पहल आवश्यक : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकताका

भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

काठमाडौं– प्रहरीले भन्सार छलेका १४ थान अन्दाजी सात लाख बराबरको