दुई विमान आकाशमै ठोक्किँदा पाइलटले ज्यान गुमाए « Khabarhub

दुई विमान आकाशमै ठोक्किँदा पाइलटले ज्यान गुमाए


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वेलिङ्टन– न्यूजिल्याण्डमा दुईवटा साना विमान आकाशमै एक आपसमा ठोक्किएपछि दुई जनाको ज्यान गएको छ ।

न्यूजिल्याण्डको उत्तरी टापुस्थित मास्टरटन शहरबाट दक्षिणमा रहेको हुद विमानस्थल नजिक विमान अवतरण गर्ने क्रममा दुई साना विमान एक आससमा ठोक्किएको अधिकारीले जनाएका छन् ।  विमान एक आपसमा ठोक्किएपछि जमिनमा खसेका थिए ।

त्यसपछि दुर्घटनाग्रस्त विमानमा आगलागी भएको जनाइएको छ । सोही विमानस्थलमा अवतरण गर्न लागेको अर्को हेलिकोप्टर भने सुरक्षित रहेको जनाइएको छ ।

विमान दुर्घटना हुनुअघि एउटा विमानमा रहेका चार प्याराशुटरले हाम फालेका थिए । मारिनेमा दुबै विमानका पाइलट रहेको जनाइएको छ । प्रहरीले मृतकको पहिचान सार्वजनिक गरिसकेको छैन । विमान दुर्घटना हुनुको कारणबारे पनि स्पष्ट खुलाइएको छैन ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ७ : ३० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना