दुई विमान आकाशमै ठोक्किँदा पाइलटले ज्यान गुमाए « Khabarhub

दुई विमान आकाशमै ठोक्किँदा पाइलटले ज्यान गुमाए


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वेलिङ्टन– न्यूजिल्याण्डमा दुईवटा साना विमान आकाशमै एक आपसमा ठोक्किएपछि दुई जनाको ज्यान गएको छ ।

न्यूजिल्याण्डको उत्तरी टापुस्थित मास्टरटन शहरबाट दक्षिणमा रहेको हुद विमानस्थल नजिक विमान अवतरण गर्ने क्रममा दुई साना विमान एक आससमा ठोक्किएको अधिकारीले जनाएका छन् ।  विमान एक आपसमा ठोक्किएपछि जमिनमा खसेका थिए ।

त्यसपछि दुर्घटनाग्रस्त विमानमा आगलागी भएको जनाइएको छ । सोही विमानस्थलमा अवतरण गर्न लागेको अर्को हेलिकोप्टर भने सुरक्षित रहेको जनाइएको छ ।

विमान दुर्घटना हुनुअघि एउटा विमानमा रहेका चार प्याराशुटरले हाम फालेका थिए । मारिनेमा दुबै विमानका पाइलट रहेको जनाइएको छ । प्रहरीले मृतकको पहिचान सार्वजनिक गरिसकेको छैन । विमान दुर्घटना हुनुको कारणबारे पनि स्पष्ट खुलाइएको छैन ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ७ : ३० बजे

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका