नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडा भ्रमण गर्ने « Khabarhub

नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडा भ्रमण गर्ने


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमले दुई ट्वान्टी र एकदिवसीय खेलको शृंखलाका लागि क्यानडा भ्रमण गर्ने भएको छ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि हाल अमेरिका भ्रमणमा रहेको नेपाली टिम सोहि स्थानबाट शृंखलाका लागि क्यानडा जाने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

नेपालले विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्धको शृंखलाअघि क्यानडा भ्रमण गर्न लागेको हो।

नेपालले क्यानडामा घरेलु टिमविरुद्ध पहिले ट्वान्टी २० शृंखला खेल्नेछ। नेपालले जुन २८ मा पहिलो ट्वान्टी २० खेल खेल्नेछ। यस्तै, नेपालले जुन २९ मा दोस्रो खेल खेल्नेछ।

नेपालले जुलाई चारमा एकदिवसीय शृंखलाको पहिलो खेल खेल्नेछ। यस्तै, जुलाई पाँचमा नेपालले दोस्रो एकदिवसीय खेल खेल्नेछ।

लिग २ का लागि अमेरिका भ्रमणमा रहेको नेपाली टिमले घरेलु टिमसहित ओमान सहभागी रहेको त्रिदेशीय शृंखला खेलेको थियो। शृंखलाको चार खेलमध्ये दुई खेलमा हार बेहोर्दा एक खेलमा जित निकालेको थियो। यस्तै, एक खेल भने ‘टाइ’ भएको थियो।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ७ : ०९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको