प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव : ‘ह्विस्की’ खुवाएर एसपीपीमा हस्ताक्षर गराउलान्, ख्याल गर्नु « Khabarhub

प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव : ‘ह्विस्की’ खुवाएर एसपीपीमा हस्ताक्षर गराउलान्, ख्याल गर्नु


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अमेरिका भ्रमणको बेला कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्ने बेला ख्याल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन्।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को सन्दर्भ उठिरहेको बेला नेता नेपालले कहिलेकाहीँ थाहै नपाई हस्ताक्षर गर्न सकिने भएकाले ख्याल गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका हुन् ।

उनले भने,‘कूटनीतिका धेरै पक्षहरू हुन्छन् । कहिले दबाब दिएर, कहिले फकाएर, थाहै नदिईकन, निदाएको बेलामा, ह्विस्की खुवाएर’ पूर्व प्रधानमन्त्री नेपालले भने, ‘यो सबै हुने भएको हुनाले ह्विस्की खाएर नशाको बेलामा सही गरिएला, ख्याल गर्नु र भरसक ह्विस्की नखानू ।’

नेपाल कुनै पनि सैन्य गठबन्धनमा जोडिन सक्दैन भन्नका लागि अलमलाउनुपर्ने आवश्यकता नरहेको उनले बताए । प्रधानमन्त्रीले एसपीपीमा सही गर्ने प्रश्नै नउठ्ने र उत्तरी सीमामा तालिम गर्न दिने कुरै नहुने बताएकोमा आफू खुसी भएको नेपालको भनाई छ ।

नेपालले भने, ’एसपीपीबारे छलफल गर्नुपर्छ । २०७२ कार्तिक १० गते भएको रहेछ । कुन प्रधानमन्त्री र रक्षा मन्त्रीको पालामा भएको भन्ने स्पष्ट हुनुपर्छ । को जोडिने को नजोडिने यथार्थ हुनुपर्छ ।’ अर्को कुरा नेपाल आफ्नो असंलग्न परराष्ट्र नीतिमा अगाडि बढ्न तयार हो कि होइन भन्ने स्पष्ट हुन जरुरी छ । हामीले खुट्टा कमाउने होइन । नेपालको संवेदनशीलता अनुसार नचल्नेलाई नेपालमा रोक लगाउनुपर्छ ।’

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १२ : ५५ बजे

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी