प्रि-पोन्ड भयो ‘झिँगेदाउ’ « Khabarhub

प्रि-पोन्ड भयो ‘झिँगेदाउ’


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुराना निर्देशक ज्ञानेन्द्र देउजा निर्देशनमा तयार भएको फिल्म ‘झिँगेदाउ’ को प्रदर्शन प्रि-पोन्ड भएको छ । भाद्र ३१ मा प्रदर्शन हुने भनिएको फिल्म अब दुई साता अगाडि नै प्रदर्शन हुनेछ । निर्माण टिमले भाद्र १७ लाई प्रदर्शन तय गर्दै प्रचार सामग्री सार्वजनिक गरेका छन् । डेढ दशकअघि व्यावसायिक सफल फिल्म निर्देशकका रूपमा चिनिने ज्ञानेन्द्र यसै फिल्म मार्फत निर्देशनमा फर्किएका छन् । फिल्ममा मुकुन भूषाल, केकी अधिकारी, आँचल शर्मालगायतको अभिनय रहेको छ । 

प्रदीप भारद्वाजको लेखन रहेको फिल्म महिला विषयवस्तु केन्द्रित छ । साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित ‘झिँगेदाउ’ कपन गढी सिनेमा प्रा.लि को ब्यानरमा निर्माण भएको हो । फिल्मको छायांकन सिन्धुली, खोटाङ, दोलखा र काठमाडौँमा गरिएको छ ।

फिल्ममा विष्णु कल्पितको छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत रहेको छ भने यसको पटकथा एवं संवाद प्रदीप भारद्वाजले तयार पारेका छन् । ‘मुना मदन’, ‘वुद्ध वर्न इन नेपाल’, ‘रक्षक’, ‘कुरुक्षेत्र’, ‘देवर बाबु’, ‘हामी ट्याक्सी ड्राइभर’ लगायतका फिल्मको निर्देशन गरिसकेका ज्ञानेन्द्रकै निर्माणमा फिल्म तयार भएको हो ।

 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ३ : ०५ बजे

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो

कर्णाली– यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क

टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?

काठमाडौं– टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’

शक्तिशाली सरकारको सय दिन पूरा भएपछि धमाधम भडास पोख्दै सत्तारुढ सांसदहरू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भएको सय दिनपछि सत्तारुढ