सोमालियामा भोकमरीविरूद्ध राष्ट्रसङ्घीय निकायको संयुक्त पहल « Khabarhub

सोमालियामा भोकमरीविरूद्ध राष्ट्रसङ्घीय निकायको संयुक्त पहल


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक सोमालियमा केही समयदेखिको खडेरी र आन्तरिक द्वन्द्वका कारण उत्पन्न खाद्यान्नको अभावको समाधानका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले पहल थालेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरु विश्व खाद्य कार्यक्रम, युनिसेफ इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन, आइओएम र अन्य निकाय तथा दाताहरु समेतको सहभागितामा सोमालियामा न्यूनतम सहयोग तथा उद्धार कार्यक्रम सुरु गरिएको हो ।

विश्व खाद्य कार्यक्रमका निर्देशक अल खिदर दालोमले सोमाली नागरिकहरु खडेरीका कारण ठूलो समस्यामा परेका र भोकमरीका कारण उनीहरु विस्थापित हुनुपरेको भन्दै मानवीय सहायता स्वरुप यो कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

उनले सोमालियाका लाखौँ नागरिक खडेरीबाट प्रभावित भएर भोकमरीमा परेका र दशौँ हजार जना बालबालिका कुपोषणको शिकार हुन पुगेका भन्दै तत्कालका लागि यो सहायता कार्यक्रमले करिब एक लाख नागरिकलाई सहायता पुग्ने अपेक्षा गरिएको बताए ।

संयुक्त राष्ट्रसङ्घीय अध्ययनका अनुसार त्यहाँका नागरिक खडेरीको मारमा परेपछि सन् २०२१ देखि विस्थापित हुन थालेका थिए । त्यसयता हालसम्म र अहिले सम्म कम्तीमा पनि ८ लाख नागरिक विस्थापित भइसकेको राष्ट्रसङ्घले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ३ : ३३ बजे

अमेरिकाको दाबी : इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

वासिङ्टन- अमेरिकाले इरानविरुद्ध सञ्चालन गरेको सिलसिलेवार सैन्य कारबाहीमा ८० भन्दा बढी

सिँचाइ कुलो निर्माणले बाँझो जमिनमा खेती

मान्म– स्थानीय नरहरिनाथ गाउँपालिका–७ माल्कोट गाउँमा सिँचाइ कुलो निर्माण भएपछि

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी– पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण

शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्ने

अमेरिकी आक्रमणपछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर तेहरान फर्किए

तेहरान- अमेरिकी सैन्य आक्रमण सुरु भएपछि इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इराकको