सोमालियामा भोकमरीविरूद्ध राष्ट्रसङ्घीय निकायको संयुक्त पहल « Khabarhub

सोमालियामा भोकमरीविरूद्ध राष्ट्रसङ्घीय निकायको संयुक्त पहल


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक सोमालियमा केही समयदेखिको खडेरी र आन्तरिक द्वन्द्वका कारण उत्पन्न खाद्यान्नको अभावको समाधानका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले पहल थालेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरु विश्व खाद्य कार्यक्रम, युनिसेफ इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन, आइओएम र अन्य निकाय तथा दाताहरु समेतको सहभागितामा सोमालियामा न्यूनतम सहयोग तथा उद्धार कार्यक्रम सुरु गरिएको हो ।

विश्व खाद्य कार्यक्रमका निर्देशक अल खिदर दालोमले सोमाली नागरिकहरु खडेरीका कारण ठूलो समस्यामा परेका र भोकमरीका कारण उनीहरु विस्थापित हुनुपरेको भन्दै मानवीय सहायता स्वरुप यो कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

उनले सोमालियाका लाखौँ नागरिक खडेरीबाट प्रभावित भएर भोकमरीमा परेका र दशौँ हजार जना बालबालिका कुपोषणको शिकार हुन पुगेका भन्दै तत्कालका लागि यो सहायता कार्यक्रमले करिब एक लाख नागरिकलाई सहायता पुग्ने अपेक्षा गरिएको बताए ।

संयुक्त राष्ट्रसङ्घीय अध्ययनका अनुसार त्यहाँका नागरिक खडेरीको मारमा परेपछि सन् २०२१ देखि विस्थापित हुन थालेका थिए । त्यसयता हालसम्म र अहिले सम्म कम्तीमा पनि ८ लाख नागरिक विस्थापित भइसकेको राष्ट्रसङ्घले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ३ : ३३ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मधेशमा सरकार गठनको दौड : मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

जनकपुरधाम– मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आज दाबी

पौवादुङमामा विद्यालय छाडेका बालबालिकाको खोजी अभियान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले विद्यालय छाडेका बालबालिकाको खोजीकार्यलाई तीव्र बनाएको

कागेश्वरी मनोहराका वडाध्यक्ष थापाको निधन

काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको

कमैयाबाट उद्यमीसम्मको केशव डगौराको सङ्घर्षमय यात्रा

कञ्चनपुर– बीस वर्षअघि कमैया मुक्तिको घोषणा हुँदा शुक्लाफाँटा नगरपालिका–१० झलारीका