थाइल्याण्डबाट फर्किए अर्थमन्त्री पौडेल « Khabarhub

थाइल्याण्डबाट फर्किए अर्थमन्त्री पौडेल


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधानमन्त्री एवम्‌ अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्डबाट स्वदेश फर्किएका छन्‌ ।

थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिएर अर्थमन्त्री पौडेल शुक्रबार स्वदेश फर्किएका हुन्‌ ।

सम्मेलनमा दिगो विकासका लक्ष्यहरू, स्रोत व्यवस्थापन, पूँजी परिचालन, सार्वजनिक ऋण, जलवायु वित्तका लागि स्थापित कोष र वित्तीय अन्तर लगायतका विषयमा छलफल भएको थियो ।

एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गरेको परामर्श बैठकको अध्यक्षता नेपालले गरेको थियो ।

परामर्श बैठकबाट आएका सुझावहरुलाई समेत समावेश गरी सन् २०२५ मा स्पेनमा हुने विकासका लागि वित्तसम्बन्धी चौथौ अन्तर्राष्ट्रिय सम्मेलनमा पेश गरिने दस्तावेज तयार पारिने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ४ : ४५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा