दोस्रो विश्वयुद्धपछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित « Khabarhub

दोस्रो विश्वयुद्धपछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– विश्वभर विस्थापित बालबालिकाहरूको सङ्ख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ ।

संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाहरुको सङ्ख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ ।

यो सङ्ख्या गत बर्ष सन् २०२१ को अन्त्य तिरको भएको पनि राष्ट्रसंघीय अधिकारीहरूले शुक्रबार जनाएका छन् ।

विषेश गरी विभिन्न देशमा भइरहेको द्वन्द्वका कारण उनीहरू विस्थापित भएको पनि अध्ययनले देखाएको छ ।

“दोस्रो विश्वयुद्ध पछि एकै पटकमा यति धेरै बालबालिकाहरू विस्थापित भएको अहिले पहिलो पटक हो,” यूनिसेफद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

अघिल्लो बर्षको तुलनामा विस्थापितको सङ्ख्या २२ लाख बढी देखिएको छ । विषेश गरेर हिंसात्मक घटनाहरुका कारण बालबालिकाहरु धेरै विस्थापित भएको प्रतिवेदनमा उल्लेख छ ।

जलवायु परिवर्तन र वातावरणीय समस्या पनि बालबालिका विस्थापित हुनुको अर्को मुख्य कारण भएको जनाइएको छ ।

जलवायु परिवर्तन र वातावरणीय समस्याका कारण बाढी पहिरो आउने र त्यसका कारण उनीहरू विस्थापित हुनुपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी रूस—यूक्रेन युद्धको असर विश्वभरी परेको र त्यसको असर बालबालिकाहरूमा परेको पनि यूनिसेफले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ११ : २७ बजे

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक