श्रीलंकामा दुई साता विद्यालय बन्द, सरकारी कर्मचारी कटौती « Khabarhub

श्रीलंकामा दुई साता विद्यालय बन्द, सरकारी कर्मचारी कटौती


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – आर्थिक संकटमा फसेको श्रीलंकामा दुई साता विद्यालयहरू बन्द हुने भएका छन् । पेट्रोल र डिजेलको चरम अभाव हुन थालेपछि विद्यालय बन्द हुने भएका हुन् । त्यस्तै, सरकारी कार्यलयमा ठूलो संख्यामा कर्मचारी कटौती गरिएको छ ।

सार्वजनिक प्रशासन मन्त्रालयले सोमबारदेखि कर्मचारी कटौती गर्न सबै विभाग, सार्वजनिक संस्था र स्थानीय तहलाई निर्देशन दिएको छ । ‘सार्वजनिक यातायातको अभाव र निजी सवारी साधनको व्यवस्था गर्न नसक्दा काममा जाने कर्मचारीको संख्यामा व्यापक कटौती गर्ने निर्णय गरिएको छ,’ मन्त्रालयको आदेशमा भनिएको छ ।

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । गत वर्षको अन्त्यदेखि खाद्यान्न, औषधि र इन्धनजस्ता आवश्यक वस्तुहरूको आयातमा भुक्तानी गर्न असमर्थ भएको छ ।

घन्टौँ लामो लोडसेडिङका कारण उद्योग व्यवसाय प्रभावित भएका छन् । आर्थिक संकटलाई लिएर सर्वसाधारणले राष्ट्रपति गोटाबाया राजापाक्षेलाई राजीनामा गर्न आह्वान गर्दै आएका छन् ।

यसैबीच, राष्ट्रसंघले श्रीलंकमा विपन्न वर्गका लागि खाद्यान्न सहयोग गर्ने बताएको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ८ : २३ बजे

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन