एसीसी च्याम्पियसिप : नेपाल कुवेतसँग भिड्दै « Khabarhub

एसीसी च्याम्पियसिप : नेपाल कुवेतसँग भिड्दै


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत आज नेपाल कुवेतसँग भिड्दैछ।

मलेसियाको क्वालालम्पुरस्थित किन्रारा मैदानमा यी दुई देशबीचको खेल आज दिउँसो पौने १ बजे सुरु हुनेछ।

नेपाल आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । कुवेत भने पहिलो जित निकाल्ने योजनामा रहेको छ ।

कुवेतविरुद्धको यस अघिको दुई भेटमा नेपालले जित निकालेको थियो । यसअघि शुक्रबार भएको खेलमा नेपालले भूटानलाई ५० रनले पराजित गरेको थियो।

समूह बी मा रहेको नेपाल दुई अंकसहित शीर्षस्थानमा छ। अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।

नेपालकै समूहमा रहेका बहराइन र कुवेतले एक-एक अंक जोडेर दोस्रो र तेस्रो स्थानमा छन्। कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजा विहीन बनेको थियो ।

भूटानले पहिलो खेल हारेको छ भने हङकङले खेल्न बाँकी छ। च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १० : ०७ बजे

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका