ख्वप किंग्स फुटबल एकेडेमीलाई इको प्यानलको सहयोग « Khabarhub

ख्वप किंग्स फुटबल एकेडेमीलाई इको प्यानलको सहयोग


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– ख्वप किंग्स फुटबल एकेडेमीलाई नेपाल इको प्यालले सहयोग गरेको छ । इको प्यानलले प्रशिक्षणका लागि चाहिने खेलकुद सामग्री तथा प्रतियोगिताहरूमा सहभागी हुन लाग्ने खर्च सहयोग गर्दै प्रतिबद्धता जनाएको हो ।

ख्वप किंग्स एकेडेमीले तीन वर्षदेखि भक्तपुरको सहिद स्मृति खेलमैदानमा ६ देखि १३ वर्षसम्मका स–साना बाबुनानीलाई साताको दुई पटक शनिबार र मंगलबार बिहान नियमित रुपमा फुटबल प्रशिक्षण गराउँदै आएको छ ।

एकेडेमीले हालसालै बाँसबारी क्लबद्वारा आयोजित काठमाडौं उपत्यकाव्यापी अन्डर–१३ उमेर समूहको फुटबल प्रतियोगितमा प्रथम स्थान हासिल गरेको थियो । दुई महिना अगाडि गोरखामा भएको अन्डर–१३ सेभेन ए साइड राष्ट्रव्यापी फुटबल प्रतियोगितामा पनि ख्वप किंग्स सहभागी भएको थियो ।

ख्वप किंग्सका निर्देशक तथा प्रशिक्षक धनेश्वर प्रजापति मनाङ मर्स्याङ्दी एक डिभिजन फुटबल क्लब, आरसी–३२ फुटबल एकेडेमी सी डिभिजन क्लबमा प्रशिक्षकका रुपमा अनुभवी हुन् । उनी एएफसी बी लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।  

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  २ : २३ बजे

नवीकरणीय ऊर्जालाई प्राथमिकता दिन ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले भावी जलवायु

घरायसी बिजुलीको बिलमा भ्याट हटाउने बेलायत सरकारको घोषणा, वार्षिक करिब ४५ पाउन्ड बचत हुने

लन्डन- बेलायत सरकारले आगामी अक्टोबर १ देखि घरायसी विद्युत् महसुलमा

नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार

काठमाडौं– नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराईका क्षेत्रमा उच्च गतिको

नामिबियाविरुद्ध नेपालको खराब प्रदर्शन

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब

बिलखबन्दमा रवि : महाधिवेशनको २५ दिन बित्दा पनि टुंग्याउन सकेनन् केन्द्रीय सदस्य र पदाधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन सकिएको २५ दिन बितिसकेको