मोदीको मातृभक्तिः आमाको खुट्टा धोएर लिए आशीर्वाद « Khabarhub

मोदीको मातृभक्तिः आमाको खुट्टा धोएर लिए आशीर्वाद


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गान्धीनगर– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन् । 

प्रधानमन्त्री मोदीकी माता हीराबेन मोदीको आज १०० औँ जन्मदिन हो । प्रधानमन्त्रीले आफ्नी आमालाई आज बिहान यहाँस्थित निवासमा भेटेर आशीर्वाद लिएका हुन् । ‘आज १०० वर्षमा प्रवेश गर्नुभएकी मेरी आमाबाट आशीर्वाद लिएँ,’ उनले आज बिहानै ट्विट गर्दै भनेका छन् । 

तीन महिनाअघि उनले आफ्नी आमालाई भेटेका थिए । हीराबेन मोदीको जन्म शतवार्षिकीका अवसरमा आजै गान्धीनगरको एउटा सडकलाई अब हीराबेन मोदी मार्ग नामकरण गरिने नगरप्रमुख हितेश मवानले बताएका छन् । हीराबेन मोदीबाट भावी पुस्ताले त्याग, तपस्या, सदाचार र सेवाको पाठ सिकून् भन्ने उद्देश्यले सडकको नाम हीराबेन मोदी राखिएको जनाउँदै गान्धीनगर नगरका प्रमुखले प्रधानमन्त्रीकी माताको नाम जीवित राख्न पनि त्यसो गरिएको स्पष्ट गरे । 

आमाबाट आशीर्वाद लिएर प्रधानमन्त्री मोदी पञ्चमहल जिल्लाको प्रसिद्ध तीर्थस्थल पावगढको भ्रमण गर्ने कार्यक्रम रहेको गुजरात सूचना विभागले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ५ : ४७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै