एमालेलाई गठबन्धन बनाउन कुनै आवश्यक छैन : उपाध्यक्ष पौडेल « Khabarhub

एमालेलाई गठबन्धन बनाउन कुनै आवश्यक छैन : उपाध्यक्ष पौडेल


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई कुनै बाम गठबन्धनको आवश्यकता नरहेको बताएका छन्।

रिटर्नी फेडरेसन नेपालको लुम्बिनी प्रदेश स्तरीय भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै पौडेलले गठबन्धन बनाउने नाममा कुनै पनि नेतालाई प्रधानमन्त्री प्रस्ताव नगर्ने भन्दै एमालेलाई गठबन्धन बनाउन कुनै आवश्यक नभएको प्रष्ट परेका हुन्।

पौडेलले केही दलका नेताले आफूलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्दै कांग्रेससँग बार्गेनिङ गरिरहेको जिकिर गरे। पौडेलले नेकपाको दुईतिहाईको सरकार गिराएर विपक्षीको शरणमा जानेहरुलाई प्रधानमन्त्री स्वीकार गरेर गठबन्धन गर्ने कुराको कुनै तुक नभएको बताए।

उनले स्थानीय तहको निर्वाचनमा मतको हिसाबले अहिले पनि एमाले पहिलो दल बनेको दाबी गर्दै आगामी निर्वाचनमा एमाले मत र सिटको हिसाबले पनि पहिलो दल बन्ने ठोकुवा गरे ।

पौडेलले विदेशबाट फर्किएका नेपाली युवाहरूलाई स्वदेशमै लगानी गरेर आत्मनिर्भर र आत्मसम्मानको जीवन बिताउन रिटर्नीहरुले हरेक जिल्लामा सामूहिक रूपमा नमूना आयोजना सञ्चालन गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ७ : ३५ बजे

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह

काठमाडौं – २० वर्षपछि विवाह गर्ने विद्यमान कानुनी व्यवस्थामा परिवर्तन

टि-२० अलराउण्डर वरियतामा दीपेन्द्र चौथो स्थानमा यथावत

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं – बुधबार साँझ काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको

प्रदेशको सम्भावना र समृद्धि देखाउन ‘सुदूरपश्चिम कचहरी २०८३’ हुँदै

कैलाली – सुदूरपश्चिम प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका