एमालेलाई गठबन्धन बनाउन कुनै आवश्यक छैन : उपाध्यक्ष पौडेल « Khabarhub

एमालेलाई गठबन्धन बनाउन कुनै आवश्यक छैन : उपाध्यक्ष पौडेल


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई कुनै बाम गठबन्धनको आवश्यकता नरहेको बताएका छन्।

रिटर्नी फेडरेसन नेपालको लुम्बिनी प्रदेश स्तरीय भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै पौडेलले गठबन्धन बनाउने नाममा कुनै पनि नेतालाई प्रधानमन्त्री प्रस्ताव नगर्ने भन्दै एमालेलाई गठबन्धन बनाउन कुनै आवश्यक नभएको प्रष्ट परेका हुन्।

पौडेलले केही दलका नेताले आफूलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्दै कांग्रेससँग बार्गेनिङ गरिरहेको जिकिर गरे। पौडेलले नेकपाको दुईतिहाईको सरकार गिराएर विपक्षीको शरणमा जानेहरुलाई प्रधानमन्त्री स्वीकार गरेर गठबन्धन गर्ने कुराको कुनै तुक नभएको बताए।

उनले स्थानीय तहको निर्वाचनमा मतको हिसाबले अहिले पनि एमाले पहिलो दल बनेको दाबी गर्दै आगामी निर्वाचनमा एमाले मत र सिटको हिसाबले पनि पहिलो दल बन्ने ठोकुवा गरे ।

पौडेलले विदेशबाट फर्किएका नेपाली युवाहरूलाई स्वदेशमै लगानी गरेर आत्मनिर्भर र आत्मसम्मानको जीवन बिताउन रिटर्नीहरुले हरेक जिल्लामा सामूहिक रूपमा नमूना आयोजना सञ्चालन गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ७ : ३५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु