राजधानीमा ‘जलविद्युतको शक्तिः सेतो सुन’ विषयक कार्यशाला गोष्ठी आयोजना हुँदै, उर्जामन्त्रीले उद्घाटन गर्ने « Khabarhub

राजधानीमा ‘जलविद्युतको शक्तिः सेतो सुन’ विषयक कार्यशाला गोष्ठी आयोजना हुँदै, उर्जामन्त्रीले उद्घाटन गर्ने


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी असार दोस्रो साता राजधानीमा ‘जलविद्युतको शक्तिः सेतो सुन’ विषयक कार्यशाला गोष्ठी (सिम्पोसियम अन पावर अफ हाइड्रोपावर: ह्वाइट गोल्ड) आयोजना हुने भएको छ ।

नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा) ले असार १२ गते आइतबार राजधानीको जमलस्थित होटल यलोप्यागोडामा आयोजना गर्ने गोष्ठीमा जलविद्युत क्षेत्रसँग सम्बन्धित उद्यमी, लगानीकर्ता, बैंकर, बीमक, विवाद मध्यस्थकर्ता, बीमा नियमनकारी निकाय, क्षति मूल्याङ्कनकर्तालगायतसँग विस्तृत छलफल र अन्तरक्रिया हुने एसोसिएसनले जनाएको छ ।

नेपालको अर्थतन्त्र तथा समष्टि विकासको लागि जलविद्युतले गर्न सक्ने योगदानलाई उच्च मनन् गर्दै कार्यशाला गोष्ठी आयोजना गर्न लागिएको एसोसिएसनका अध्यक्ष मोहनपुरुष ढकालले बताए ।

गोष्ठीले जलविद्युत क्षेत्रसँग सम्बन्धित लगानी गर्न चाहने उद्यमी, लगानीकर्ता तथा बैंकरहरु, लगानीको जोखिमलाई हस्तान्तरण गर्न चाहने र सो जोखिम रक्षावरण गर्न चाहने बीमक तथा पूर्नबीमक, भवितव्य भइ क्षति भएमा क्षतिको मूल्याङ्कन गर्ने क्षति मूल्याङ्कनकर्ता, बीमा उद्योगमा कुनै विवाद उत्पन्न भएमा विवाद समाधान गर्ने मध्यस्थकर्ता, सम्पुर्ण लगानीकर्ताहरुको लगानी सुरक्षालाई बीमा क्षेत्रमा नियमन गर्ने नियामनकारी निकायबीचको अकर्मणयताको निदान गर्न, असमझदारीको खाडल पुर्ति गर्न मार्ग निर्देशन गर्नुका साथै सम्बन्धित निकायलाई उपयुक्त नीति निर्माण गर्न सहायक भुमिका हुने उनले बताए ।

कार्यक्रममा जलविद्युत लगानिकर्ता, विकासकर्ता, विशेषज्ञ तथा इन्जिनियर, निर्माण व्यवसायी, बैंकर, बीमा तथा पुनर्बीमा विज्ञ तथा कर्मचारीहरु, क्षति मूल्याङ्कनकर्ता, विवाद मध्यस्थकर्ता, बीमा नियमनकारी निकाय, विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी, नेपाल सरकारका सम्बन्धित मन्त्रालयका कर्मचारी र यस उद्योगसँग सम्बन्धित अन्य व्यवसायी तथा इन्छुक व्यक्ति सहित १५० देखि २०० जनासम्मको सहभागिता हुने आयोजकले पक्षले जनाएको छ ।

जलविद्युत तथा उर्जा विकासकर्ताहरुलाई लक्षित गरी सो क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुलाई एकै स्थानमा राखी आ–आफ्नो ज्ञान आदानप्रदान तथा बृहत छलफल र प्रस्तुति हुने आयोजक पक्षले जनाएको छ ।

पछिल्लो समय जलविद्युतको बीमाको विषयलाई लिएर ठुला ठुला समस्याहरु देखापरिरहेको सन्दर्भमा सर्भेयर एसोसिएसनले सरोकारवाला पक्षसँग एक दिने छलफल तथा अन्तरक्रिया गर्न थालेको हो । उर्जा, जलस्रोत तथा सिचाइमन्त्री पम्फा भुसालले कार्यशाला गोष्ठीको उद्घाटन गर्ने तथा बीमा समितिका अध्यक्ष सूर्य सिलवाल विशिष्ट अतिथ्यता रहने एसोसिएसनले जनाएको रहेको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १० : ४१ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय