चलचित्र विकास बोर्डको अध्यक्षका लागि माग गरियो आवेदन « Khabarhub

चलचित्र विकास बोर्डको अध्यक्षका लागि माग गरियो आवेदन


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत जेठ २३ गते देखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आवेदन मागेको छ । दयाराम दाहालको कार्यकाल सकिएपछि अहिले बोर्डको नेतृत्व रिक्त छ ।

अध्यक्ष पदमा आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ। यस्तै स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तीमा १० वर्ष नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा काम गरेको हुनुपर्नेछ।

कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति पत्र नलिएको, कानुन बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको मापदण्ड पनि छन् । अहिले बोर्डमा एक अध्यक्ष, एक सदस्य सचिवसहित तीन जना सदस्य हुने प्रावधान छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ३ : ११ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा