चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान  | Khabarhub Khabarhub

चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान 


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चलचित्र पत्रकारहरूको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३ औँ वार्षिक उत्सवको अवसरमा घोषणा भएको चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । कोरोना भाइरसको महामारीका कारण विगत तीन वर्ष यता हुन् नसकेको सम्पूर्ण सम्मान तथा पुरस्कार घोषणा गरिएको हो ।

 शनिबार नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित एक कार्यक्रमका बिच सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले १६ जना चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

सम्मान तथा पुरस्कार प्रदान गर्दै मन्त्री कार्कीले विधागत पत्रकारिता गरिरहेकाहरूलाई हौसला मिलोस् भन्ने हेतुले उपस्थित भएको बताए । ‘विधागत पत्रकारिता गरिरहेको तपाईंहरु अझैँ अगाडी बढ्नु पर्छ । तपाईंहरुले केन्द्र झैँ मोफसलमा समेत शाखाहरू मार्फत विधागत पत्रकारितालाई अगाडी बढाउन खेलिरहेको भूमिका अझैँ सार्थक रहोस्’ मन्त्री कार्कीले भने ।

समारोहमा चलचित्र पत्रकारिता सम्मान २०७७ बाट  शान्तिप्रिय  र राजन घिमिरे सम्मानित भएका थिए । चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट नगद राशि २५ हजार सहित दिवाकर मैनाली र आर. डि. शृंखला (राजन दाहाल ) पुरस्कृत भए ।

यस्तै , चलचित्र पत्रकारिता सम्मान २०७८ बाट सुव्रतराज आचार्य र सन्दीप सापकोटा , चलचित्र पत्रकारिता पुरस्कार २०७८ बाट नगद राशि ५१ हजार सहित कुमार आचार्य र गीता अधिकारी,चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८ बाट एकथान ल्यापटप सहित मनोज न्यौपाने र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७८ बाट नगद राशि २५ हजार सहित रेम रसाइली (कास्की) पुरस्कृत भएका छन् ।

कार्यसमितिको घोषणा अनुसार २०७८ बाट पुरस्कार राशि दोब्बर बढाउँदै रोकिरहेको मोफसल पत्रकारिता पुरस्कारलाई संघले पुनः सुचारु गरेको हो । चलचित्र पत्रकारिता सम्मान २०७९ बाट राजाराम फुयाँल र लक्ष्मण सुवेदी, चलचित्र पत्रकारिता पुरस्कार २०७९बाट नगद राशि ५१ हजार सहित नेमिष गौतम र विष्णु प्रसाद सुवेदी, चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९ बाट एकथान ल्यापटप सहित उद्धव रसाइली र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट नगद राशि २५ हजार सहित श्रीराम अर्जुन (मकवानपुर) पुरस्कृत भएका छन् ।

संघका अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा सम्पन्न भएको वार्षिकोत्सव समारोहमा राजेश हमाल, भुवन केसी, सरोज खनाल, कृष्ण मल्ल, दीपाश्री निरौला, रामबाबु गुरुङ, रमेश उप्रेती, मनिराम पोखरेल, सुरेन्द्र पौडेल, हिमाल केसी, पुनम गौतम, शर्मिला पाण्डे,ओएसआर डिजिटलका ओम प्रकाश अग्रवाल, हाइलाइट्स नेपालका जनक तामाङ, श्रीयन्त्र कन्सोलका नविन प्रजापति, शंकर पाण्डे, अर्जुन कुमार, चलचित्र संघका पूर्व अध्यक्ष प्रदीप कुमार उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, कलाकार निर्मल शर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ४ : ३२ बजे

नेको इन्सुरेन्सले सात प्रतिशत बोनस दिने 

काठमाडौं– नेको इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट

नश्ल सुधार तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म

मुस्ताङ– मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका– १ चराङमा स्थानीय उपभोक्ता समितिमार्फत

सामाजिक रूपान्तरणमा अध्यक्ष नेपालको जोड

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राष्ट्रिय पूँजीको

संसदमा सशक्त भूमिका खेल्न आफ्ना सांसदलाई प्रचण्डको निर्देशन 

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

‘एमसीसी’ बन्द गर्ने ‘डज’को घोषणा, नेपालले पाउने ५० करोड डलर के होला ?

काठमाडौं– अमेरिकी सरकार अन्तर्गत एलन मस्कको नेतृत्वमा रहेको सरकार दक्षता