उदय भन्छन्, ‘एनटीभी झैँ बोर्डमा अध्यक्ष बनाउनुस्’ « Khabarhub

उदय भन्छन्, ‘एनटीभी झैँ बोर्डमा अध्यक्ष बनाउनुस्’


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गत जेठ २३ गते देखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आवेदन मागेको छ ।

दयाराम दाहालको कार्यकाल सकिएपछि अहिले बोर्डको नेतृत्व रिक्त छ । बोर्डले एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि दरखास्त दिन आग्रह गरेपछि नेपाल चलचित्र संघका पुर्व अध्यक्ष प्रदीप कुमार उदयले व्यंग्य गर्दै आफ्नो पार्टीसँग सम्बन्धित मान्छेलाई मात्र नियुक्ति दिइने बुँदा छुटेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत उनले आवेदन माग गर्नु र सूचना निकाल्नु नाटक मञ्चन भएको बताउँदै नेपाल टेलिभिजन झैँ सिधै मन्त्रीपरिषद् मार्फत नियुक्ति गर्न सुझाएका छन् । ‘आवेदन माग गरिन्छ । यद्यपि नियुक्ति आफ्नो पार्टीको लाई मात्र दिइन्छ । अहिले पनि त्यही हुन्छ । एक आपसमा विरुद्धको भावना निम्त्याउनुको सट्टा नेपाल टेलिभिजनमा अध्यक्ष नियुक्त गर्ने प्रक्रियामै नियुक्त गर्नुस्’ उदयले लेखेका छन् ।

चलचित्र विकास बोर्डमा निवर्तमान अध्यक्ष दाहालको पद सकिन केही महिना यता नै फिल्मकर्मी अध्यक्ष बन्ने दौडमा छन् । राजकुमार राई , मनिष पण्डित , सम्झना उप्रेती रौनियार , भुवन केसी , नरेश पौडेल , नारायण पुरी लगायत बोर्ड अध्यक्ष बन्ने दौडमा छन् । अध्यक्ष पदमा आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने प्रावधानमा जनाइएको छ।

यस्तै स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तीमा १० वर्ष नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा काम गरेको हुनुपर्नेछ। कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति पत्र नलिएको, कानुन बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको मापदण्ड पनि छन् । अहिले बोर्डमा एक अध्यक्ष, एक सदस्य सचिवसहित तीन जना सदस्य हुने प्रावधान छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ५ : ४५ बजे

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ