स्काउटलाई आफ्नो कर्म ‘भोलि’ गर्छु भन्ने छुट हुँदैन : मुख्यमन्त्री शाही | Khabarhub Khabarhub

स्काउटलाई आफ्नो कर्म ‘भोलि’ गर्छु भन्ने छुट हुँदैन : मुख्यमन्त्री शाही


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले स्काउटहरुलाई आफ्नो सामाजिक कर्म ‘भोलि’ गर्छु भनेर छुट नहुने बताएका छन् ।

नेपाल स्काउटको ७१औँ स्थापना दिवसका अवसरमा आज सुर्खेतमा आयोजित कार्यक्रममा उनले स्काउटमा आबद्ध हुने जो कोहीले पनि ‘भोलि’ शब्द धारण गर्नु नहुने भन्दै यदि छ भने हटाउनुपर्ने बताए ।

मुख्यमन्त्री शाहीले स्काउटहरुले आफ्नो कर्म ‘भोलि’ भन्दा आज नै सम्पन्न गर्नुपर्ने बताए ।

“आज, आज मात्रै होइन अहिले नै जाग्नुपर्ने, अरू ढिलो होलान्, स्काउट ढिला हुनु हुँदैन”, उनले भने, “स्काउटहरु स्वयंसेवी भावनाका साथ समाजसेवा, विपद् उद्धार कार्यमा ‘भोलि’ नभई अहिले नै खटिनुपर्छ ।” जस्तोसुकै प्रकृति वा रिस भएका व्यक्तिहरुलाई शान्त पार्न स्काउटले मात्रै सक्ने उनको भनाइ थियो ।

नेपाल स्काउट कर्णाली प्रदेश संयोजक कमल बोहोराले कर्णाली प्रदेशमा स्काउट एक अवसरका रूपमा रहेको धारणा राखे ।

कर्णालीका धेरै युवाहरु स्काउट बने भने सामाजिक कार्यमा मद्दत पुग्ने उनले बता । स्काउट कर्णाली प्रदेश संयोजक बोहोराले स्थापना दिवसका अवसरमा मुख्यमन्त्री शाही र सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीलाई दीक्षित गरे।

स्काउटको नियमानुसार मुख्यमन्त्री शाहीलाई संरक्षक तथा मन्त्री बुढाक्षेत्रीलाई प्रमुख स्काउटका रूपमा दीक्षित गरिएको हो ।

त्यस्तै स्थापना दिवसका अवसरमा कोभिड–१९ को समयमा स्वयंसेवकका रूपमा काम गरेका ११५ जनालाई कोभिड अवार्ड, रक्तदाता सात जनालाई प्रमाणपत्र र इन्टरनेटसम्बन्धी तालिम लिएका २३ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ११ : ४३ बजे

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर– सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।