स्काउटलाई आफ्नो कर्म ‘भोलि’ गर्छु भन्ने छुट हुँदैन : मुख्यमन्त्री शाही « Khabarhub

स्काउटलाई आफ्नो कर्म ‘भोलि’ गर्छु भन्ने छुट हुँदैन : मुख्यमन्त्री शाही


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले स्काउटहरुलाई आफ्नो सामाजिक कर्म ‘भोलि’ गर्छु भनेर छुट नहुने बताएका छन् ।

नेपाल स्काउटको ७१औँ स्थापना दिवसका अवसरमा आज सुर्खेतमा आयोजित कार्यक्रममा उनले स्काउटमा आबद्ध हुने जो कोहीले पनि ‘भोलि’ शब्द धारण गर्नु नहुने भन्दै यदि छ भने हटाउनुपर्ने बताए ।

मुख्यमन्त्री शाहीले स्काउटहरुले आफ्नो कर्म ‘भोलि’ भन्दा आज नै सम्पन्न गर्नुपर्ने बताए ।

“आज, आज मात्रै होइन अहिले नै जाग्नुपर्ने, अरू ढिलो होलान्, स्काउट ढिला हुनु हुँदैन”, उनले भने, “स्काउटहरु स्वयंसेवी भावनाका साथ समाजसेवा, विपद् उद्धार कार्यमा ‘भोलि’ नभई अहिले नै खटिनुपर्छ ।” जस्तोसुकै प्रकृति वा रिस भएका व्यक्तिहरुलाई शान्त पार्न स्काउटले मात्रै सक्ने उनको भनाइ थियो ।

नेपाल स्काउट कर्णाली प्रदेश संयोजक कमल बोहोराले कर्णाली प्रदेशमा स्काउट एक अवसरका रूपमा रहेको धारणा राखे ।

कर्णालीका धेरै युवाहरु स्काउट बने भने सामाजिक कार्यमा मद्दत पुग्ने उनले बता । स्काउट कर्णाली प्रदेश संयोजक बोहोराले स्थापना दिवसका अवसरमा मुख्यमन्त्री शाही र सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीलाई दीक्षित गरे।

स्काउटको नियमानुसार मुख्यमन्त्री शाहीलाई संरक्षक तथा मन्त्री बुढाक्षेत्रीलाई प्रमुख स्काउटका रूपमा दीक्षित गरिएको हो ।

त्यस्तै स्थापना दिवसका अवसरमा कोभिड–१९ को समयमा स्वयंसेवकका रूपमा काम गरेका ११५ जनालाई कोभिड अवार्ड, रक्तदाता सात जनालाई प्रमाणपत्र र इन्टरनेटसम्बन्धी तालिम लिएका २३ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ११ : ४३ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार