रुसी संगीत युक्रेनमा प्रतिबन्ध « Khabarhub

रुसी संगीत युक्रेनमा प्रतिबन्ध


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनको संसदले मिडिया र सार्वजनिक स्थानहरूमा केही रुसी संगीतलाई प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको छ ।

यो प्रतिबन्ध सबै रुसी संगीतमा लागू हुनेछैन । बरु यो प्रतिबन्ध सन् १९९१ पछि रूसी नागरिक भएकाहरूद्वारा सिर्जना गरिएको वा प्रदर्शन गरिएको संगीतसँग सम्बन्धित छ ।

तर, युक्रेनमा रुसी युद्धको निन्दा गर्ने कलाकारहरूले प्रतिबन्धबाट छुटको लागि निवेदन दिन सक्छन् । त्यस्तै रुस र बेलारुसबाट पुस्तक आयात गर्न पनि संसदले प्रतिबन्ध लगाएको छ ।

पूर्वी र दक्षिण युक्रेनका क्षेत्रहरूमा बसोबास गर्नेहरू मध्ये धेरैले ऐतिहासिक रूपमा रूससँग बलियो सम्बन्ध महसुस गरेका छन । त्यस क्षेत्रका प्रायः मानिसको पहिलो भाषा रुसी भाषा हो ।

तर, युक्रेनमा रुसी हमलाले धेरै युक्रेनीहरूलाई रुसी  संस्कृतिबाट अलग गर्न खोजेको छ । आइतबार सांसदहरूले अनुमोदन गरेको विधेयकले टेलिभिजन, रेडियो, विद्यालय, सार्वजनिक यातायात, होटेल, रेस्टुरेन्ट, सिनेमाघर र अन्य सार्वजनिक स्थानहरूमा केही रूसी संगीत बजाउन वा प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ७ : २५ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने