नेप्से १९ महिना यताकै तल्लो बिन्दुमा झर्‍यो « Khabarhub

नेप्से १९ महिना यताकै तल्लो बिन्दुमा झर्‍यो


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सेयर बजारप्रतिको कठोर सरकारी नीतिका कारण सेयर बजार परिसूचक १९ महिना यताकै तल्लो बिन्दुमा झरेको छ । सोमबार सूचक एक हजार ९०० बिन्दु मुनी झरेको हो । यसअघि ११ मंसिर २०७७ मा सूचक १९९३ बिन्दुमा रहेको थियो ।

सोमबार कारोबार खुला भएदेखि नै घट्न थालेको नेप्से एक घण्टा अवधिमा नै १ हजार ९०० बिन्दुमुनि झरेको हो । निरन्तरको गिरावटका कारण मार्जिन कल र अझै घट्ने आङ्कलनका साथ लगानीकर्ताले सेयर बिक्री गरेपछि बजार थप प्यानिक भएको हो ।

कारोबारको १ घण्टा अवधिमा नेप्से ३९.८१ अंकले घटेर १८९४.३१ बिन्दुमा झरेको छ । २०१ कम्पनीका सात लाख ४१ हजार कित्ता सेयर २४ करोड ८६ लाख रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस अवधिमा कारोबारमा आएका सबै उपसमुहगत सूचक राताम्मे बनेका छन् । फाइनान्स र जलविद्युत सूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ । यस अवधिमा हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै एक करोड ७२ लाखको सेयर कारोबारमा आएको छ । एनसीसी बैंक, नबिल बैंक र अरुण काबेली पावरको शीर्ष तीन ठूलो कारोबार भएको छ ।

तारागाउँ रेजिन्सी होटलको सेयरमूल्य ३.७४ प्रतिशतले बढेर ३३३ रुपैयाँ पुगेको छ । आधिँखोला, सिंगटी हाइड्रोपावरको सेयरमूल्य पनि सामान्य बढेको छ । रिभर फल्स पावरको सेयरमूल्यमा सोमबार पनि नकारात्मक सर्किट लागेको छ ।

कम्पनीको सेयरमूल्य घटेर २२२.३० रुपैयाँमा झरेको छ । तेह्रथुम पावर, सिद्धार्थ इन्सयोरेन्स र लिवर्टी इनर्जी लिमिटेडका सेयरधनीले ८ प्रतिशत हाराहारीमा गुमाएका छन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १ : ३१ बजे

काभ्रेको जनहित माविमा नयाँ भवन निर्माण सुरू, भारतको ५ करोड ५० लाख रुपैयाँ सहयोग

काठमाडौं– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित श्री जनहित माध्यमिक विद्यालयमा नयाँ विद्यालय

धुलिखेल र चीनको अली प्रिफेक्चरबीच भगिनी सहर सम्बन्ध सुदृढ गर्ने सहमति

धुलिखेल-धुलिखेल नगरपालिका र जनवादी गणतन्त्र चीनको सिजाङ (तिब्बत) स्थित अली

रूस–युक्रेन द्वन्द्व जारी, युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार

एजेन्सी– युक्रेनले रातारात गरेको आक्रमणमा रूस युक्रेन सीमाबाट सयौँ किलोमिटर

पशु रोग नियन्त्रणका लागि नयाँ विधेयक राष्ट्रियसभामा

काठमाडौं– राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’  पेस भएको

देउवा साउन २६ गते हङकङबाट नेपाल फर्किने

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यही साउन २६ गते