पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न अनेरास्ववियुको माग « Khabarhub

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न अनेरास्ववियुको माग


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अनेरास्ववियुले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न आग्रह गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आज विज्ञप्ति निकाल्दै पेट्रोलिय पदार्थको मूल्य फिर्ता गर्न आग्रह गरेकी छिन् ।

सरकारले गए राति १२ बजेदेखि पेट्रोलमा २१ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २७ रुपैयाँ बढाएर पेट्रोलको मूल्य प्रतिलिटर रु १९९, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रु १९२ कायम गरेको छ ।

“जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्षरूपमा गाँसिएको पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गर्दै निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन अनेरास्ववियु जोडदार माग गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

यसैबीच अनेरास्ववियुले मूल्य वृद्धिको विरोधमा आज साँझ त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रर्दशन गरेको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ११ : ४१ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी