‘ड्रग्स’का बेफाइदा धेरै छन्, यसको दलदलमा नफसौँ: लाउरे « Khabarhub

‘ड्रग्स’का बेफाइदा धेरै छन्, यसको दलदलमा नफसौँ: लाउरे


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– लोकप्रिय र्‍यापर आशिष राना ‘लाउरे’ ले आफू क्याम्पस पढ्दा नै लागुऔषधको दूर्व्यसनमा फसे पनि अहिले यसबाट उम्केको बताएका छन् ।

पोखरामा आयोजित लागुऔषधविरुद्ध सप्ताहव्यापी कार्यक्रममा विद्यार्थीहरुलाई आफ्नो अनुभव बाँड्दै उनले आफूले लागुऔषध सेवन गर्ने निर्णय लिनु नै जीवनको सबैभन्दा खराब निर्णय भएको पनि बताएका छन् ।

केही समयअघि लागुऔषध सेवन गर्दागर्दै पक्राउ परेका लाउरे ५६ दिन हिरासतमा बसेर धरौटीमा रिहा भएका थिए । अहिले उनी लागुऔषध दुर्व्यसनीबारे अरुलाई सचेत गराउँदै हिँडेका छन् । जिल्ला प्रहरी कास्कीले लागुऔषध विरुद्धको अभियानमा लाउरेलाई ‘आइकन’ बनाएको छ ।

सोमवार पोखरा सभागृहमा आफ्ना जीवनका अनुभव साट्ने क्रममा उनले सयौँ विद्यार्थीहरुलाई लागुऔषध सेवन नगर्न पनि अनुरोध समेत गरे । सांगीतिक प्रस्तुतिसमेत दिएका लाउरेले लागुऔषधका बेफाइदाका बारेमा पनि अनुभवहरु शेयर गरेका थिए ।

‘कलेज पढ्दा विस्तारै साथीहरुको संगतले म लागुऔषध सेवन गर्न थालेँ, ड्रग्स सेवन गर्न थालेपछि मेरो जीवन अव्यवस्थित हुन थाल्यो, मैले जीवनमै सबैभन्दा ठूलो भूल त्यही गरेछु,’ लाउरेले विद्यार्थीहरुलाई भने ।

उनले लागुऔषधका फाइदाभन्दा बढी बेफाइदा हुने बताए । उनले जीवन सुन्दर भएकाले लागुऔषधको दलदलबाट जतिसक्दो चाँडो निस्कन युवापुस्तालाई अनुरोध पनि गरे ।

‘आजभोलिका केटाकेटीले जीवन लामो छ भन्ने गरेको पाउँछु, तर जीवन निकै छोटो छ, २० वर्ष हामी बच्चा नै हुन्छौँ,’ उनले भने, ‘हामीले काम गर्ने भनेको ३० वर्ष मात्रै हो, पछि त हामी बुढेशकालमा केही गर्न सक्दैनौँ, त्यसैले अहिले सिर्जनशील बन्नुहोस् ।’

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १० : ०२ बजे

अहिलेलाई देउवा दाइको आवश्यकता हो, भाउजू विस्तारै आउनुहोला’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा शुक्रबार काठमाडौं आउँदैछन् ।

हेटौँडा कपडा उद्योग कसरी चलाउन उपयुक्त हुन्छ ?

काठमाडौं– साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको सरकारी स्वामित्वको हेटौँडा

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

ओखलढुङ्गा– सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको

प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार

तनहुँमा ग्यास आपूर्ति सहज बनाउन प्रशासनको पहल

तनहुँ– तनहुँमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले