सार्वजनिक विदा आइतबार हुँदा पेट्रोलको खपत ११ प्रतिशतले कमी: आयल निगम « Khabarhub

सार्वजनिक विदा आइतबार हुँदा पेट्रोलको खपत ११ प्रतिशतले कमी: आयल निगम


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल आयल निगमले जेठ महिनामा आइतबार विदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जनाएको छ ।

सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत वैशाख महिनाको तुलनामा गत जेठ महिनामा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जानकारी दिए ।

चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर भएकामा वैशाखमा करिब चार हजार किलोलिटर खपत बढेर ६७ हजार किलोलिटर पुगेको जनाइएको छ ।

जेठमा भने घटेर ५९ हजार किलोलिटरमा झरेको छ । सरकारले इन्धन खपत कम गर्न भन्दै आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको र सो नियम जेठ महिनासम्म मात्र लागू भएको थियो । सरकारले असार १ देखि आइतबारको विदा कटौती गरेको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ११ : १४ बजे

जुम्लाका किसानलाई अनुदानमा हाते ट्याक्टर

जुम्ला– जुम्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले यहाँका २६

मधेस सरकारको ११ महिनामा पुँजीगत खर्च १३ प्रतिशत

जनकपुरधाम– चालु आर्थिक वर्ष २०८२-८३ सकिन एक महिना मात्र बाँकी

हेटौँडामा बक्यौता नतिर्ने उद्योगको विद्युत् काटिने

बागमती– औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयले औद्योगिक क्षेत्रभित्र सञ्चालित

कञ्चनपुरको पुनर्वास ३३-११ केभी सबस्टेशन सञ्चालनमा

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा ३३-११ केभी,

ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने